मान बहादुर के.सी.,यूएई। “हिमाल, पहाड, तराई एकताको कामना, सम्बृद समाज निर्माण सुप समाजको चाहना” भन्ने मुल नारा बोकेर ०१ अगस्ट २०१५ का दिन गठन भएको सुदूर पश्चिम सेवा समाज कतारले संस्था गठन भएको एक बर्ष नपुग्दै आफ्नो सनैया क्षेत्रीय समिती गठन गरेको छ । 

सुदूर पश्चिम सेवा समाज कतारले आफ्ना गतिबिधीहरु कतारमा कार्यरत सम्पूर्ण सुप बाशीहरु सम्म पुर्याउनका लागि क्षेत्रीय समिती बिस्तार गर्दै लैजाने क्रममा २६ फेब्रुअरी २०१६ शुक्रबारका दिन सनैया क्षेत्रीय समिति गठन गरेको हो ।

संस्थाका केन्द्रिय दित्तिय उपाध्यक्ष नर बहादुर बिष्टको अध्यक्षतामा र संस्थाका केन्द्रिय सल्लाहाकार प्रेम चलाउने, केन्द्रिय तृतीय उपाध्यक्ष लीला अधिकारी, केंद्रीय सचिब दामोदर घिमिरे, सह-कोषाध्यक्ष नरेश जोशी, कलाकार संयोजक गंगा गिरी, केन्द्रिय सदस्यहरु रबिन्द्र सिंह, देबीलाल खत्री, अनिल भट्टराई, पदम तिमिल्सेना, रमेश बि.सी., मेखराज अबस्थी, निशा ढकाल, नानी बिष्ट, राम बहादुर बोहरा, छत्रपति चलाउनेको बिशेष उपस्थितीमा सनैया ग्रान्ड मलको प्राँगडमा सम्पन्न एक वृहत भेलाले गणेश तिरुवाको अध्यक्षतामा २१ सदस्यिय कार्यसमिति चयन गरेको संस्थाका केन्द्रिय दित्तिय उपाध्यक्ष नर बहादुर बिष्टले हामीलाई जानकारी दिएका छन । 

कार्यक्रममा बोल्दै केन्द्रिय तृतीय उपाध्यक्ष लीला अधिकारी, सल्लाहाकार प्रेम चलाउने, सदस्य रबिन्द्र बिष्टले कतारमा सुप बासी एकीकृत भएर सुप समाजलाई बलियो बनाउदै आउँदा दिनमा सनैयामा कार्यरत सम्पूर्ण सुप बाशीहरुलाई एकजुट गर्दै अघि बढ्ने छ भन्ने जिज्ञासा राख्दै नयाँ समतिलाई बधाई र शुभकामना दिनु भएको थियो, त्यस्तै कलाकार संयोजक गंगा गिरीले आउदै गरेको नयाँ बर्ष २०७३ मा सुप समाज कतारले एक सांस्कृतिक कार्यक्रमको आयोजना गरेर भब्य रुपमा मनाउने तयारी रहेको हुनाले नवगठित क्षेत्रीय समितीले पनि सो तयारीका लागि आजैबाट जुटनु पर्ने अनुरोध गर्दै कार्यसफलता को शुभकामना दिनु भएको थियो ।

सुप बाशीहरुको बाक्लो उपस्थिती रहेको सो कार्यक्रममा बोल्दै नवगठित समितिका अध्यक्ष गणेश तिरुवाले आफुलाई जिम्बेबारी दिएकोमा खुशी ब्यक्त गर्दै आगामि दिनमा सनैयामा रहेका सम्पूर्ण सुप बाशीहरुसँग हातेमालो गर्दै अघाडि बढ्ने र सो कार्यमा सबैको साथ पाउने आशा राखेको जिज्ञासा राख्नु भएको थियो । 

नवगठित क्षेत्रीय समितीलाई शुभकामना दिदै संस्थाका केन्द्रिय दित्तिय उपाध्यक्ष तथा सो कार्यक्रमका अध्यक्ष नर बहादुर बिष्टले प्रबाशमा बसेर पनि दु:ख आई परेकालाई सकिदो सहयोग गर्नुका साथसाथै सुपको मौलिक कला, सांस्कृति, पर्यटन क्षेत्रलाई प्रचार प्रसार गर्दै सबैले एक ढिक्का भएर अघाडि बढ्नु पर्ने कुरामा जोड दिदै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित सदस्यहरुले आ-आफ्ना जिज्ञासा राखेका थिए भने सो कार्यक्रमको संचालन केन्द्रिय सचिब दामोदर घिमिरेले गर्नु भएको थियो । 

अध्यक्ष गणेश तिरुवाको नेतृत्वमा निम्न अनुसारका पदाधिकारी तथा सदस्य रहको कार्यसमिती चयन भएको छ। 

अध्यक्ष- गणेश तिरुवा

उपाध्यक्ष- अशोक खत्री

सचिब- भिमलाल निउरे

सहसचिब- रघुनाथ अबस्थि

कोषाध्यक्ष- खोमनाथ लामिछाने 

सदस्यहरु

बिजय परियार, सन्त कुमार शाह, प्रेम भण्डारी, शंकर बि.सी., पदम बराल, सन्तोष लोहनी, रामु ताम्राकार, दत्त बि.क., रण बहादुर चन्द, इन्द्रदेब अबस्थी, सरोज चदारा, लोकेन्द्र चलाउने, पूर्ण चलाउने, रेक चलाउने रहनु भएको छ ।

Previous articleस्विटजरल्याण्डको चुनावि आईतबार: स्विस जनता पार्टिको हार
Next articleनेदरल्यान्ड्समा अन्तरास्ट्रिय नारि दिवस मनाइने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here