२७ फेब्रुवरी २०१६, स्विटजरल्याण्ड। यूरोपेली फुटबल महासंघ (युइएफए) का महासचिव जियानी इन्फन्टिनो शुक्रबार फिफा अध्यक्षमा निर्वाचित भएका छन्। स्विजरल्याण्डका ४५ बर्षिय इन्फान्टिनोले अन्य तीन उम्मेद्वाहरू बहराइन राजपरिवारका शेख सलमान बिन इब्राहिम अल खलिफा, जोर्डनका राजकुमार अली विन अल हुसेन र फ्रान्सका जेरोमी च्याम्पाग्नेलाई पछिपार्दै उक्त पदमा निर्वाचित भएका हुन्। पहिलो चरणको मतदानमा कसैले पनि आवश्यक बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको थियो। दोस्रो चरणमा इन्फान्टिनोले १ सय १५ मत ल्याएका थिए। उनको निकटतम प्रतिद्वन्दी शेख सलमानले ८८ मत प्राप्त गरे। जोर्डनका राजकुमार अली विनलाई ४ मतमात्र परेको थियो भने च्याम्पानीलाई एउटा मत पनि परेन।

Gijanto

Previous articleस्नो फन कार्यक्रममा उल्लेख्य सहभागिता
Next articleभुकम्प पीडितलाई स्वीकृति बिना आवास निर्माण गर्न रोक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here