१४ फागुन २०७२ काठमाण्डौं। काष्ठमण्डप एयरलाईन्सको विमान शुक्रबार कालिकोटमा दुर्घटनाग्रस्त हुदा पाइलट दिनेश न्यौपाने र को-पाइलट सन्तोष रानाको मृत्यु भएको छ।

नेपालगञ्जबाट जुम्ला जादै गरेको उक्त विमानमा प्राविधिक समस्या देखिएपछि आकस्मिक अवतरण गराउन खोजिएको अधिकारीहरुले जनाएका छन्।

कालिकोटको चिलखाया गाउँमा आपत्कालीन अवतरणको क्रममा उक्त दुर्घटना भएको, दुर्घटनामा परी पाइलट र को-पाइलटको मृत्यु भएको र नौ जनाको उपचार त्यहाँका स्थानीय स्वास्थ्यकर्मीले गरिरहेका र एकको अवस्थामा गम्भीर रहेको स्थानीय प्रमुख जिल्ला अधिकारी प्रदीप श्रेष्ठले बताए।

उक्त विमानमा चालक दल सहित ११ जना यात्रुहरु थिए। विमान १२ बजेर २७ मिनेटमा नै सम्पर्कविच्छेद भएको थियो।

उद्धारका लागि मुगुबाट हेलिकप्टर घटनास्थलमा पुगिसकेको बताइएको छ।

फोटो: कमल साही
फोटो: कमल साही
Previous articleनेपाल स्वीस डट कमको छैठौं बार्षिकोत्सव समारोहमा सम्मानित स्विट्जरल्याण्डका पहिलो नेपाली: बिन्दु स्टाइनमानको परिचय सहितको लघु वृतचित्र
Next articleउत्तर कोरियामाथि थप प्रतिवन्धको प्रस्ताव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here