unnamed

बाबुराजा लामा  लुभेन बेल्जियम , फेब्रुवरी १९ ।

नेपाली जन सम्पर्क समिति बेल्जियमको बृहत क्रियाशिल सदस्य भेला आज लुभेन स्थित ओन्स हाऊसमा सम्पन्न भयो ।   पार्टी सभापति शुशिल कोइरालाको असामयिक निधनबाट मृत आत्मा प्रति चिरशान्तिको कामना सहित एक मिनेट मौन धारणा सहित श्रद्दान्जली  ब्यक्त गर्दै प्रारम्भ भएको थियो । क्रियाशील सदस्य इश्वर प्रसाद चौधरीले स्वागत मन्तब्य संगै आफ्नो धारणा राख्दै यस भेलाले एउटा सर्बसम्मत म्यान्डेट दिओस भन्ने आग्रह गरे । भेलामा महाअधिबेसन सम्बन्धि जे जति गतिबिधि आजसम्म भए त्यसबारे प्रकाश पार्ने काम बाबु राजा लामाले गर्रेका थिए । केन्द्रीय परिपत्र अनुरूप भेला बैधानिक भएको र क्रियाशील सदस्यको सम्मान भएको अनुभूति पनि गराउनु भयो ।  सुर्य गुरुङ, अच्युत ढकाल, नन्द राज घले, पार्वती अधिकारि, प्रेम गुरुङ, दिनेश भण्डारी, घनश्याम शाही लगायत धेरै सहभागी क्रियाशील सदस्यहरुले आफ्नो बिचार, जिज्ञासा, गुनासा साथै मन्तब्य राख्नु भयो ।यी सबै क्रियाशील सदस्यबाट राखेका कुराहरुलाई यस १३ औं महाअधिबेसनको प्रनिधित्व चयनको बृहत क्रियाशील सदस्य भेलाका प्रमुख अतिथि एबम केन्द्रिय प्रयबेक्षक साथै जन सम्पर्क समिति बेल्जियमका संस्थापक सभापति ध्रुबराज पौडेलले उठेका बिषयबस्तुहरूलाई सटिक रूपमा प्रस्तुत गर्दे यस बैधानिक प्रक्रियाको कदमलाई हृदयदेखि सलुट गर्दै यस भेलाले एउटा सबल र सक्षम अनि सर्बसम्मतको म्यान्डेट दिनेछ भन्ने आशा र बिश्वास रहेको बताए । भेलाको सभापतित्व १२ औं महाअधिबेसन प्रतिनिधि  महासमिति सदस्य जानकी गुरुङ्गले गर्नुभएको थियो । भेलामा उपस्थिति सम्पूर्ण क्रियाशील सदस्यहरुलाई धन्यवाद दिदै सर्बसम्मत प्रतिनिधी चयनको लागि  धन्यवाद दिदै सभा बिर्षजन गर्नु भएको थियो । सो बृहत क्रियाशीलको भेलाको कार्यक्रम संन्चालन जन सम्पर्क समिति बेल्जियमका उपसभापति माधव सापकोटाले गरेका थिए । भेलाले जन सम्पर्क समिति बेल्जियमका सभापति सुबाश जोशी ूसन्तोष ू लाई पदेन प्रतिनिधि सदस्य र अन्य प्रतिनिधि समेत बृहत भेलाले सर्बसम्मत रूपमा चयन गरेको छ । जसमा अधिबेसन प्रतिनिधिहरूमा रण बहादुर घले ९आर। बी। घले ०, घनश्याम शाही, विजय मल्ल रहेका छन।महासमिति सदस्यहरूमा ध्रुबराज पौडेल ,जानकी गुरुङ र उल्का प्रसाद घिमिरे रहेका छन ।

Previous articleप्रधानमन्त्री के. पी. ओली ६ दिने भ्रमणका लागि भारत प्रस्थान
Next articleमहिला मोटरसाइकल रेसिङ ‘रेसनारी’ हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here