IMG_5008
क्यालिफोर्निया सम्वाददाता ।
नेपाली कांग्रेसका सभापती तथा पूर्व प्रधानमंत्री श्रद्दय सुशील कोईरालाज्यू को गत माघ २६, २०७२ का दिन भएको असामयिक निधनले अमेरिकाको क्यालिफोर्निया शोकमग्न भएको छ।  सो आकस्मिक निधनलाई नेपाली राजनिती आकाशले नै रिक्तता छाएको  महसुस गरिरहेकै बेला यस राज्यमा सकृय बिभिन्न संघ संस्थाका नेत्रित्व बर्गले प्रेस वक्तव्य र सामाजिक सन्जाल मार्फत गहिर शोक व्यक्त गर्दै हार्दिक श्रद्दान्जली अर्पण गरेका छन। नेपाली काङ्रेसको भात्री संगठन नेपाली जनसंपर्क समिति अमेरीका, नर्दन क़यालिफ़ोर्नीया  च्यापटर ले  हिजो फरवरि १२, २०१६ देखी सान फ्रान्सिस्कोमा शोक पुस्तिका राख्दै श्रद्दान्जलीको औपचारिक सुरुवात गरिसकेको छ।
सो शोक पुस्तिका सान फ्रान्सिस्को ५२३ ब्रड्वे स्थित अर्बान करी रेस्टुराँमा १३ औँ दिनसम्म राखी अन्तमा प्रकाशनको लागि पठाइने जानकारी नेपाली जनसंपर्क समिती अमेरिका नर्दन क्यालिफोर्निया च्याप्टरका सभापति पूर्ण शेर्पाले बताउनु भयो।     शोक पुस्तिकामा हिजो एक सादा भेलाको माझ बिभिन्न महानुभावले हस्ताक्षर गर्दै हार्दिक श्रद्दान्जली अर्पण गरेका छन। श्रद्दान्जली अर्पण गर्नेहरुमा जनसंपर्क समिती अमेरिका, नर्दन क्यालिफोर्निया च्याप्टरका सभापति पूर्ण शेर्पा, सोही संस्थाका केन्द्रिय सल्लाहकार उत्तम कार्की, उपाधक्ष द्वय नारायण खनाल तथा लक्ष्मी कार्की, महासचिव हरी भट्ट , कार्य समिती सदस्य नबिन बुढाथोकी,  दिपक प्रधान तथा पूर्व केन्द्रिय सदस्य तथा क्यालिफोर्निया च्याप्टरका पूर्व अध्यक्ष विनोद भट्ट, क्यालिफोर्निया च्याप्टरका सस्थापक सल्लाहकार मणी नेपाली पनेरु, पूर्व  महासमिती सदस्य बिष्णु शाह, जनसंपर्क समिती अमेरिका कोलोराडो च्याप्टरका पूर्व सभापति विश्व नाथ भण्डारी,एन आर एन क्यालिफोर्निया च्याप्टरका युवा सँयोजक् युवराज भट्ट, लगायत  हुनुहुन्थ्यो।
संबिधानपिताका रुपमा समेत सम्मानित स्वर्गिय कोइरालाको स्‍मृतिमा उहाँको १३ औँ दिनको पुण्य तिथिमा  नेपाली जनसंपर्क समिति अमेरीका, नर्दन क़यालिफ़ोर्नीया  च्यापटर द्वारा  यही फरवरि २१ बेलुका ५ बजे ४४४ एलिस स्ट्रीट, सान फ्रान्सिस्को स्थित ॐ मण्डला हलमा एक श्रदान्जली कार्यक्रम राखिएको जानकारी प्राप्त भएको छ। नेपाली जनसंपर्क समिती अमेरिका, नर्दन  क्यालिफोर्निया च्याप्टरले एक सुचना प्रकासित गर्दै,   श्रद्दान्जलीमा उल्लेख्य श्रद्दालुहरुको उपस्थिती रहने अपेक्षा गरिएको छ। “च्याप्टरका सम्पूर्ण पदाधिकारी, सदस्यहरु तथा सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनीहरुलाई यसै  सुचना अनुसार माथि उल्लेखित मिती, स्थान र समयमा श्रदान्जली कार्यक्रम हुने कुरा अनुरोध छ” सुचनामा भनिएको छ। श्रद्यय सुशिल दाईको देहान्तले सम्पूर्ण नेपाली जगत स्तब्ध तथा शोकाकुल भएको यस परीवेसमा श्रद्दान्जलीमा सभामा सम्पूर्ण संघ संस्थाका नेत्रित्वगण लगायत ठुलो सँख्या नेपालीहरुको उपस्थिती हुने कुरा पर्यवेक्षकहरुले बताए।
Previous articleनेपाल स्वीस डटकमको छैठौँ वार्षिकोत्सव समारोहको तयारी पूरा
Next articleनेपाल स्वीस डटकमका अतिथिहरुको स्वीट्जरल्याण्डमा आगमन जारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here