१६ फेब्रुवरी २०१६, स्विटजरल्याण्ड। नेपाललाई फुटबल खेल-प्रेमीहरुको देशका रुपमा चिनिन्छ। नेपाली बाल-बालिकादेखि बयस्क सबैले फुटबल खेलमा रुचि राख्ने गरेको पाईन्छ। प्रवासी नेपालीहरुले पनि नेपालदेखि कै फुटबल खेल-प्रेमलाई आफ्नो कर्मभूमिमा पनि भावनात्मक रुपमा बचाई रहेको देख्न सकिन्छ। नेपाली फुटबल टिमले कुनैपनि प्रतियोगितामा विजय हासिल गर्दा फुटबल प्रेमी नेपालीहरु हर्षित हुन्छन् नै। त्यसमा पनि भारतीय सरकारले नेपालका विरूद्धमाअधोषित नाकाबन्दि लगाई रहँदादक्षिण एसियाली खेलकुद २०१६ अन्तर्गत फुटबलको फाईनल खेलमा भारत विरूद्ध १-२ गोलले खेल जित्दै स्वर्ण पदक हासिल गरेपछि नेपालीहरु हर्षले गदगद छन्। उनीहरुले नेपाली फुटबल टिमको सफलतालाई नेपालको राजनीतिक असफलता र भारतीय अतिवादको प्रतिकारको रुपमा पनि ग्रहण गरेको बुझ्न सकिन्छ। यो जीतले नेपाल र सम्पुर्ण नेपालीमा अवश्यपनि कडा परिश्रम र सामुहिक भावना (Team Spirit) का साथ कार्य गरिएमा जस्तो सुकै चुनौतिका विरुद्ध पनि सफलताहासिल गर्न सकिन्छ भन्ने सन्देश दिनेनै छ। के नेपालको सामाजिक एवं राजनीतिक नेतृत्व र प्रवासी नेपालीका संघ-संस्थाहरुले सामुहिक भावनाको गुणलाई आत्मसाथ गर्दै विद्यमान चुनौतिहरुको दिर्घकालिन समाधान खोज्न र परिणाम केन्द्रित नीति आत्मसाथ गर्न सक्लान? जीतसंगै तरंगित खुसी र सकारात्मक सोंचका छालहरु कतै पानीको फोकाजस्तै फुस्स फुटने त हैनन्। विजयी नेपाली फुटबल टिम, टिमका सबै खेलाडिहरु र टिमको सफलतामा योगदान पु-याउने टिमका प्रशिक्षक लागाएत सबै ब्यक्तित्वहरुमा नेपाल स्वीस डट कम बधाई एवं धन्यवाद ज्ञापन गर्दछ।

Nepal-Football India-takes-on-Nepal-in-the-south-asian-games-2016-final-on-15th-february

Previous articleस्वीस नेपाली भुकम्प पिडित पुन:निर्माण अभियानको प्रेस विज्ञप्ती
Next articleनेपाल स्वीस डट कमको छैठौं वार्षिकोत्सव समारोहमा एनआरएनएका अभियन्ताहरुको बाक्लो उपस्थिति रहने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here