नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुसिल कोइरालाको आकस्मिक निधनले हामी र हाम्रो संगठन नेपाली एक्यबद्दता मंच(नेसोफ स्विस) स्विटजरल्याण्डलाइ दुखि र स्तब्ध बनायको छ। 
कोइराला नेपाली राजनीति तथा लोकत्रान्त्रिक आन्दोलनका अथक योद्धा र नेपाली कांग्रेसका त्यागी, सादगी एबम दृढ नेता हुनुहुन्थ्यो।  संबिधान निर्माण र घोषणाको क्रममा कोइरालाले रास्ट्रिय सहमति कायम गर्न महत्वपूर्ण भूमिका निर्बाह गर्नुभयको थियो। 
कोइरालाको निधनले नेपालको रास्ट्रिय राजनीतिमा ठुलो र अपुरणीयक्षति पुर्यायको छ।  आदरणीय कोइराला प्रति हाम्रो संगठन नेपाली एक्यबद्दता मंच(नेसोफ स्विस) स्विटजरल्याण्ड हार्दिक श्रद्धान्जली ब्यक्त गर्दछ साथै यस शोकाकुल घडीमा उहाको परिबारजनहरुमा र नेपाली कांग्रेसजनहरुमा हार्दिक समबेदना ब्यक्त गर्दछौ। 
नेपाली एक्यबद्दता मंच(नेसोफ स्विस) स्विटजरल्याण्ड परिवार

Previous articleधेरै वैचारिक भिन्नता र आजको यूग मा विवाह
Next articleमेरो स्मृतिमा सुशील कोइराला– विनय श्रेष्ठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here