०६ फेब्रुवरी २०१६, स्विटजरल्याण्ड। नेपाल स्वीस डट कमले नेपाल सरकारको संचार नीति अनुसार पत्रकारीता क्षेत्रमा वैधानिक रुपमा प्रभावकारी तबरले कार्य सम्पादन गर्न सहज होस् भन्ने हेतुले नेपालमा “ईन्टरनेशनल नेपाली मिडिया प्रा. लि.  (International Nepali Media Pvt. Ltd.) नामक एक कम्पनी दर्ता गरेको छ। नेपाल स्वीस डट कमका संचालकको तर्फबाट कम्पनी दर्ताका लागि दिएको निवेदन यहि ४ फेब्रुवरी २०१६ मा स्विकृत भई नेपाल सरकार, उद्योग मन्त्रालयको कम्पनी रजिस्ट्रारको कार्यालयले “ईन्टरनेशनल नेपाली मिडिया” को नाममा कम्पनी दर्ताको प्रमाण पत्र प्रदान गरेको हो। तुरुन्तै लागु हुने गरी नेपाल स्वीस डट कम ईन्टरनेशनल नेपाली मिडियाको एक अंगको रुपमा संचालित हुने छ। आजको मितिदेखि नै www.inepalimedia.com खोल्दा सोझै www.nepalswiss.com खोलिने छ। नेपाल स्वीस डट कमले यहि २० फ्रेब्रुवरी २०१६ मा आफ्नो छैठौं बार्षिकोत्सव समारोह आयोजना गर्दैछ।  

Previous articleताइवानमा शक्तिशाली भूकम्प
Next articleHappy Gurung Lhochhar

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here