०२ फेब्रुवरी २०१६, स्विटजरल्याण्ड। नेपाल स्वीस डट् कमको छैठौं बर्ष जयन्तीको अवसरमा एक छैठौं बार्षिकोत्सव समारोह आयोजना हुँदैछ। नेपाल स्वीस डट कमको छैठौं बार्षिकोत्सव समारोहका अवसरमा आयोजना हुने मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रममा यूरोप र स्विटजरल्याण्डका प्रतिभाशाली एंव परिचित कलाकारहरु को जोडदार साँस्कृतिक एंव सांगीतिक प्रस्तुति रहने छ।

कार्यक्रममा गत बर्षकी ईनासको यूरोपेलि नृत्य प्रतियोगीताकी विजयीता जर्मनिकी सुश्री सोनिया श्रेष्ठ, बेल्जियमकी प्रतिभाशाली कलाकार ज्योति भट्ट, जर्मनीकी परिचित कलाकार रमिता महर्जन र ईनासकी कोषाध्यक्ष एंव यूरोपमा परिचित ईटालीकी गायिका राधिका क्षेत्रिका मनोरञ्जनात्मक प्रस्तुति रहने छ।

त्यसैगरी स्विटजरल्याण्डका गायक एंव संगीतकार सुभाष सुन्दास, संगीतकार रामु परियार, गायक नवराज धिमिरे र गायक युवराज राई, त्यसैगरी लोकप्रिय कलाकारहरु गौरी गुभाजु, नीता कपुर, शर्मिला मगरर बर्षा हायोजले सांगीतिक एंव साँस्कृतिक कोशेलिहरु प्रस्तुत गर्ने छन्।

सम्पुर्ण नेपाली दाजु-भाई दिदि-बहिनीहरु र नेपाल स्वीस डट कमका आदरणीय पाठक मीत्रहरु लाई हार्दिक निमन्त्रणा छ।

कार्यक्रम स्थान: Stadthofsaal, Theaterstrasse 1, 8610 Uster, स्विट्जरल्याण्ड

कार्यक्रम समय/मिती: १५.०० बाट २२.०० बजेसम्म, २० फेब्रुवरी २०१६

नेपाल स्वीस डट कम परिवार

Previous articleविना दर्ताका अनलाइनलाई बन्देजको तयारी
Next articleस्वीस परोपकारी परियोजनामा भ्रष्ट्राचार, स्वीस नेपाली समाजका नेपाल प्रतिनिधी संलग्न?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here