पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका नेता माधवकुमार नेपालले नेपाल भारत दुई देश बीचको सम्बन्ध औचित्यपूर्ण हुनु पर्नेमा जोड दिनु भएको छ ।
मंगलबार राजधानीमा पेशागत महासंघ पापडद्वारा आयोजित अन्तरक्रियामा बोल्दै नेता नेपालले सन्धी सम्झौतालाई सन्तुलनमा राखेर मात्र दुई देशबीचको मित्रतालाई दीर्घकालिन एवं दिगो बनाउन सकिने कुरा बताउनु भएको हो ।
कार्यक्रममा बोल्दै नेता नेपालले मित्र परिवर्तन गर्न सकिएला तर छिमेकी परिवर्तन गर्न सकिंदैन भन्दै परापूर्व कालदेखि चल्दै आएको रोटी बेटीको सम्बन्धलाई मित्रताको देष्टिकोणले हेर्दै सम्बन्धलाई पनि अर्थपूर्ण ढंगले गठन तथा पुनर्गठन गर्नु पर्नेमा जोड दिनु भयो ।

Previous articleऋण तिर्न नसक्ने भएपछि अपहरणको नाटक
Next articleसंविधान संशोधन अमान्यः यादव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here