२३ जनवरी २०१६, स्विटजरल्याण्ड। भर्खरै ब्रिटिश बैंक एच. एस. बि. सि. (H. S. B. C.) ले प्रकाशित गरेको सर्वेक्षणको प्रतिबेदनका अनुसार स्विसहरु साथी बनाउने कुरामा अनुदार देखाएका छन्। सर्वेक्षण गरिएका ३९ राष्ट्र मध्य स्विटजरल्याण्ड „अन्तिम दोश्रो” स्थानमा परेको छ। यसका विविध कारणहरु हुन सक्छन्। मार्टिना नामकी एक मनोबैज्ञानिकका अनुसार स्विसहरुले बारमा भेटेर बियर पिउनका लागिमात्र होइन, बरु दुख-सुखका कुरा साट्न सकिने ब्यक्तिलाई मात्र साथी बनाउने गर्दछन्। जसको अर्थ अत्यन्त नजिकका व्यक्तिहरु लाईमात्र साथीका रुपमा गन्न सकिने भयो। अर्को कारण स्विसहरु को जीवनशैली अत्यधिक ब्यबस्थित एंव स्वाबलम्बी हुने भएकोले अन्य व्यक्तिसंग को सहयोगको खासै आवश्यकता नपर्ने हुनाले पनि सामाजिक रुपमा कम घूलमिल हुन्छन्। देश भित्र मात्र होइन स्विसहरु विदेशजाँदा पनि यसरी नै रहन मनपराउछन्।
जुरीख शहरको प्रतिवेदनले के देखाएको छ भने, स्विसहरु कुनै पनि नौलो ब्यक्तिप्रति शुरुमा सशंकित हुने गर्दछन्। त्यसैले, बिदेशी स्वयमले प्रयास नगरिकन समाजमा घुलमिल हुनु गाह्रो पर्न सक्छ। धनाढ्य बिदेशीहरु जो स्विटजरल्याण्डमा बसाई सरेर आउने गर्छन, तिनिहरु धनीहरुकै सामाजिक घेरा भित्रनै बढी रमाउने गर्छन्। जसले गर्दा उनीहरुको साथीसंगीहरुको समुह सानो हुन्छ। ब्रिटेन, अमेरिकामा जस्तो स्विटजरल्याण्डमा पब संस्कृति “pub culture” नहुनु पनि अर्को कारण हुनसक्छ। त्यसो भन्दैमा स्विटजरल्याण्डमा बियर बार „beer bar” मा मानिसहरु रमाइलो तथा भेटघाट नगर्ने होइनन्। तर पहिल्यै चिनेजानेको साथीहरु अथवा समकक्षीहरु संगमात्र रमाइलो गर्ने हुनाले पनि स्विसहरु लाई नयाँ साथी बनाउन समय लाग्ने गर्दछ, प्रतिवेदनमा भनिएको छ।
स्रोत: www.20min.ch

Previous articleस्विट्जरल्याण्डमा इनास चौथो यूरोपस्तरीय एकल नेपाली नृत्य तथा प्रथम गायन प्रतियोगिता आयोजना हुने
Next articleसजिलो छैन जीवन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here