nepals-constituent-assembly
नेपालको संविधान २०७२ जारी भएपछि शुरु भएको मधेशी मोर्चाको मागलाई आंशिक रुपमा संवोधन गर्दै संविधान जारी भएको चार महिनापछि शनिबार बसेको व्यवस्थापिका संसदको बैठकले नेपालको संविधान २०७२ को पहिलो संसोधन विधेयक पारित गरेको छ ।
व्यवस्थापिका संसदको शनिबार राति बसेको बैठकमा सम्पन्न मतदान प्रक्रिया मार्फत दुई तिहाई बहुमतले उक्त विधेयक पारित गरेको हो । मधेशी मोर्चाको विरोध र नाराबाजीका बीच अगाडि बढाइएको मतदानमा ४६१ मतले उक्त विधेयक पारित गरेको थियो । विधेयकको विपक्षमा ७ मत परेको थियो भने मधेशी मोर्चाले मतदान प्रक्रिया बहिष्कार गरेको थियो ।
लामो समयदेखि आन्दोलनरत मधेशी मोर्चा सम्बद्ध दलहरुले राखेका समावेशीरसमानुपातिक प्रतिनिधित्व र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणका दुई मागलाई यो संसोधनले आंशिक संवोधन गरेको छ । यो विधेयकले मधेसी मोर्चाको मुख्य माग प्रदेशको सीमाङ्कन हेरफेरलाई भने संवोधन गरेको छैन ।
संसोधनमा मधेसी मोर्चाले माग गर्दै आएको संविधानको धारा ४२ मा उल्लेखित समानुपातिक समावेशीको क्लस्टरमा सामान्य फेरबदल गरिएको छ भने जनसंख्यालाई आधार मानेर निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने मागलाई भूगोल समेत जोड्दै सामान्य सम्बोधन गरिएको छ ।

Previous articleएकसाताभित्र पेट्रोल र डिजल सहज हुन्छः आयल निगम
Next articleदेशको शान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here