naya sakti
काठमाडौ, ८ माघ । त्रिभुवन विश्वविद्यालयले उपप्राध्यापकको लागि खोलिएको विज्ञापनका विरुद्ध नयां शक्ति निर्माणका लागि विद्यार्थी अभियानले आन्दोलनको घोषणा गरेका छन ।
अभियानले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आन्दोलन घोषणा गरेको हो ।
घोषित आन्दोलनका कार्यक्रमहरुमा माघ १० गते देशैभरीका आंगिक क्याम्पसका प्रमुखलाई बोधार्थ ज्ञापन बुझाउने, ११ गते सबै आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा विरोध प्रर्दशन गर्ने, १० देखि १२ गतेसम्म त्रिवि सेवा आयोग अगाडि धर्नासहित हस्ताक्षर संकलन गर्ने, १२ देखि १३ गतेसम्म सरोकारवालाहरुसंग अन्तरक्रिया गर्ने, १३ गते संकलित हस्ताक्षर सेवा आयोगलाई बुझाउने, १४ देखि १६ गतेसम्म क्याम्पसमा सरोकारवालाहरुसंग अन्तरक्रिया गर्ने रहेको छ ।
पत्रकार सम्मेलनमा अभियान कि संयोजक ओमकुमारी पौडेलले करारमा रहेका आफ्ना निकटकाहरुलाई स्वतः स्थायी गर्न विज्ञापन ल्याईएको भन्दै यसले विश्वविद्यालयलाई धारासायी बनाउने दावी गरिन ।

Previous articleबंगबन्धु गोल्डकम फुटबल बिजेता नेपाली टोलीको विमानस्थलमा भव्य स्वागत
Next articleएकसाताभित्र पेट्रोल र डिजल सहज हुन्छः आयल निगम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here