मान बहादुर के.सी., यूएई। नेपाली कलाकार समुह (NAG) यूएई र गैर आवासीय नेपाली संघ (NRNA) फुजैराह क्षेत्रीय समितीले सयुक्त आयोजनामा ‘अङ्रेजी नयाँ बर्षको शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम’ १ जनवरी २०१६ शुक्रबारका दिन फुजैराह स्तिथ क्लिफ्टोन होटेलमा भब्यताका साथ सम्पन्न भएको छ ।

नेपाली कलाकार समुह (NAG) यूएईका अध्यक्ष बिष्णु अधिकारीको सभापतित्व तथा एनआरएनए यूएईका अध्यक्ष सुदिप कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा बिशेष अतिथी (NRNA) फुजैराह क्षेत्रीय समितीका कार्यबाहक अध्यक्ष सागर लुइँटेल, ईण्डियन सोसियल कलब रासअल-खैमाका प्रेसिडेन्ट एम.डी. नुरुदिन, नेपाली कलाकार समुह (NAG)का संरक्षक रतन थापा, लोक गायक पुरुशोत्तम पौडेल र आधुनिक गायिका अनु ढकाल हुनहुन्थ्यो भने अन्य अतिथिहरुमा लाली गुराँस समुह फुजैराहका अध्यक्ष कृष्ण भट्ट, नेपाली कलाकार समुह (NAG) दुबई क्षेत्रीय समितिका अध्यक्ष राम प्रशाद ढकाल, नेपाली कलाकार समुह (NAG) डिब्बा क्षेत्रीय समितिका अध्यक्ष खेमराज ओली, समाजसेवी / ब्यबसायी तथा सिल्वर स्पुन होटेलकि सन्चालिका दिपा पाण्डे, नासिर लेडिज सैलुनकि सन्चालिका लक्ष्मी तामाङ, सुदूरपश्चिम सेवा समाज रासअल-खैमा क्षेत्रीय समितिका अध्यक्ष नारायण पन्त, (NRNA) रासअल-खैमा क्षेत्रीय समितीका अध्यक्ष राजेन्द्र रोस्यारा, पाल्पाली समाज फुजैराह क्षेत्रीय समितिका अध्यक्ष ईन्द्र घर्तिमगर, नेपाल पत्रकार महासंघ यूईएका कोशाध्यक्ष मेघराज सापकोटा, नेपाली कलाकार समुह (NAG) सरजाह क्षेत्रीय समितिका अध्यक्ष पारस बि.क., नेपाल मगर संघका अध्यक्ष देबशी राना मगर, अन्तराष्ट्रिय नेपाली कलाकार समाज रासअल-खैमा क्षेत्रीय समितिका उपाध्यक्ष केबिनजंग शाही, पत्रकार राम प्रशाद ढुँगेल, नेपाली कलाकार समुह (NAG) सरजाह क्षेत्रीय समितिका उपाध्यक्ष बिष्णु कान्त घिमिरे उपस्थित रहनु भएको थियो ।  

(NRNA) फुजैराह क्षेत्रीय समितीका सचिब शेर सुनारले उपस्थित अथिति तथा दर्शकहरुलाई छोटो मिठो स्वागत मन्तब्य राखेका थिए, भने प्रमुख अतिथी एनआरएनए यूएईका अध्यक्ष सुदिप कार्कीले दर्शकहरुको भिडले खचाखच भरिएको हल देखेर फुजैराहबाशी नेपालीहरुको एकता प्रती आफु धेरै खुशी भएको जिज्ञासा राख्दै समाजप्रति फुजैराहबाशी नेपालीहरुको योगदानको खुलेरै प्रशंसा गर्नुका साथै एनआरएनए बैदेशिक रोजगारीको शिलशिलामा कार्यरत यूएई बाशी नेपालीहरुका समस्यामा सधैं सहयोग गर्दै आएको र आउँदा दिनहरुमा पनि समस्या अाई पर्दा समाधान गर्नुका लागि तत्पर रहने छ भन्ने भावना प्रकट गर्नु भएको थियो ।

ईण्डियन सोसियल कलब रासअल-खैमाका प्रेसिडेन्ट एम.डी. नुरुदिनले अङ्रेजीमा आफ्नो मन्तब्य राख्दै गैरकानुनी काम नगरि कानुनको दाँयारा भित्र रहेर काम गर्दागर्दै पनि केहि समस्या अाई परेमा कानुनी कामका नेपालीहरुलाई आफु सधैं साथ दिनु तयार रहने जिज्ञासा राख्नु भएको थियो । 

 नेपाली कलाकार समुह (NAG) यूएईका महासचिब मान बहादुर के.सी. ‘मुस्कान’, आफ्नो मन्तब्यमा फुजैराहमा NAG र NRNA ले सयुक्त रुपमा हातेमालो गर्दै समाज सेवा र नेपाली कला साँस्कृतिको जगेर्ना गर्ने काम गर्दै आएको र आउदा दिनमा पनि एक आपशमा मिलेर सोहि काम निरन्तर गरी रहने बिचार ब्यक्त गरेका थिए ।  

त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कलाकार समुह (NAG) यूईएका संरक्षक रतन थापाले यहि आउदो फेब्रुअरी ५ जाबेल पार्क दुबईमा बनभोज एबम् खुल्ला दोहोरी घम्सा घसी र नेपाली नयाँ बर्षमा भब्य सान्स्कृतिक कार्यक्रम गर्ने बताउनु भएको थियो ।

कार्यक्रममा नेपालबाट आउनु भएका लोकदोहोरी गायक पुरुशोत्तम पौडेलले र आधुनिक गायिका अनु ढकालले स्टेज थकाउदै गाएर दर्शकहरुलाई भरपुर मनोरन्जन दिदै नाच्न वाध्य बनाउनु भएको थियो। 

भने बाल कलाकार प्रतिक्षा शर्माले नृत्य प्रस्तुत गर्दा उपस्थित दर्शकहरु त्यसै चुप लागेर बस्न सकेनन् पुरै हल सिटी र तालीले गुन्जिएको थियो ।

स्थानीय कलाकारहरुमा हरि डुम्रेले चित परिचित अन्दाजमा गीत गाउदै स्टेजबाट तल उफ्रेर दर्शकहरु माँझ आएर सबैलाई आफु सँगै नचाएका थिए भने अन्य कलाकारहरुमा अर्जुन न्यौपाने, अम्मर सुनार, अमित अक्षुत, बिष्णु गिरी, के.पी. लामगाडे, रमेश राज थापा, प्रकाश खत्री, कल्पना थापा, राम सापकोटा को गायन प्रस्तुती रहेको थियो तथा सुरज बिबश गैर्हेले गजल बाचन, त्यसैगरी नृत्यमा शिव क्षेत्री, दिपक गुरुङ, नरेश भाट, उत्तम तमाङ, रेनु रिजाल, माया बस्नेत, श्रीजना जिरेल, सुनिता लामगाडेले कम्मर मर्काउदै सबैलाई छमछमी नचाएका थिए।

उपस्थित सम्पूर्णले ‘अङ्रेजी नयाँ बर्षको शुभकामना आदान प्रदान तथा सांस्कृतिक कार्यक्रम’को अवसर पारेर यसरी भेटघाट गरी नाच्न र गाउँनु पाउँदा निकै उत्साहित देखिएका थिए । कार्यक्रममा नेपालबाट आएका राष्ट्रिय कलाकार सँगै स्थानिय कलाकारहरुलाई सम्मान पत्र प्रदान गरेको थियो ।

सोही कार्यक्रममा ‘हाम्रो टोपी हाम्रो सान, नेपालीको पहिचान,’ भन्ने नारासहित टोपी दिवस पनि मनाईएको थियो, त्यस्तै प्लास्टिक एनिमियको बिरामी सुजना गोले लाई सहयोगको अपिल गर्दा उपस्थितहरु बाट ३३५ धिराम सहयोग उठेको थियो ।

समाजसेवी, बुद्धिजीवी, पत्रकार, कलाकार, दर्शकहरूको भिडले खचाखच भरिएको सो कार्यक्रमको सन्चालन गायक हरि डुम्रेले संचालन गरेका थिए।

4 5 12

Previous articleबेल्जियममा पनि किराँत उधौली चासोक तङ्गनाम सम्पन्न
Next articleईनास डेनमार्कद्वारा चलचित्र कबड्डी कबड्डीको भव्य प्रदर्शन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here