२३ नोभेम्बर २०१५, सन्तोष राई, स्विट्जरल्याण्ड। विगत तीन महिनादेखि छिमेकी मुलुक भारतले गरेको नाकाबन्दीका कारण नेपालीहरुको दैनिक जीवनयापन कष्टकार हुदैं गईरहेको छ। भुकम्पका कारण भएको भौतिक क्षतिका बीचमा भारतले गरेको अघोषीत नकाबन्दीका कारण देशवासी नेपालीहरु औषधि उपचार गर्न पाउनुपर्ने सामान्य मानवअधिकारबाट समेत बञ्चित हुनु पर्ने अवस्था आउनु निश्चयनै दुःखद कुरा हो। नेपालको स्वास्थ्य संस्थाहरुमा नियमित औषधि उपलब्ध होस् भन्ने हेतुले गैर-आवासिय नेपाली संघ, अर्न्तराष्ट्रिय समन्वय परिषदले विश्वब्यापी रुपमा अर्थ संकलन गर्न आव्हानगरेको छ।

यसै क्रममा मिती १९ नोभेम्बर २०१५ मा गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डका आईसिसि सदस्य डा. विनय श्रेष्ठ र अध्यक्ष हिराबल गुरूङ, सदस्य श्रीमती युक्ता गुरुङ र डा. विजय मल्लले स्वीस रेडक्रसका अध्यक्ष तथा अर्न्तराष्ट्रिय रेडक्रस समितिका उपाध्यक्ष श्रीमती अन्नामारी हुवर-होज्ज संग स्विट्जरल्याण्डको बेर्नमा भेट गर्नु भयो। यस भेट्घाटको क्रममा हिराबल गुरुङले एक ज्ञापन पत्र हस्तान्तरण गर्दै अघोषीत नाकाबन्दीका कारण नेपालीहरुले भोग्नु परेको समस्याका बारेमा श्रीमती हुवर-होज्जलाई जानकारी गराउनु भयो। त्यसै गरी डा. विनय श्रेष्ठले सो समस्याले गम्भीर मानवीय संकट उत्पन्न हुन सक्ने स्थिति रहेकोले स्वीस रेडक्रसलाई तत्काल अर्थ, औषधि र स्वास्थ्य सामग्री उपलब्ध गराई सहयोग गर्नु हुन अपील गर्नु भयो।

श्रीमती अन्नामारी हुवर-होज्जले नेपाललाई स्वीस रेडक्रसले चार दशक देखी सहयोग गर्दै आएको र अहिले पनि आधार भूत स्वास्थ संम्बन्धि कार्यक्रमहरु संचालन गरिरहेको कुरा प्रकाश पार्नु भयो। डा. बिजय मल्लले स्वीस रेडक्रसका कार्यक्रमहरु नेपालमा उपलब्धिमूलक तथा सराहनीय रहेकोले अहिलेको कठिन समयमा स्वीस रेडक्रसको सहयोगको झन बढी आवाश्यकता रहेको कुरा औल्याउनु भएको थियो।

सन्तोष राई

प्रवक्ता

गैर-आवासिय नेपाली संघ, एनसिसि स्विट्जरल्याण्ड

IMG_0389

Previous articleअत्यावश्यक औषधिका लागि अर्थ संकलन गर्न कुमार पन्तको अनुरोध
Next articleएन. आर. एन. ए. को औषधि अभियानको लागि स्विट्जरल्याण्डबाट ने. रू. ४१८०००

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here