गैर-आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद स्विट्जरल्याण्डले अर्न्तराष्ट्रिय समन्वय परिषद द्वारा घोषित अत्यावश्यक औषधिका लागि अर्थ संकलन अभियानमा सहयोग एवं योगदान पुर्याउने हेतुले एक कार्यक्रमको आयोजना गर्ने बताउदै उक्त कार्यक्रमको निमन्त्रणा संस्थाका महासचिव भूमिराज गुरुङबाट प्राप्त भएको छ। कार्यक्रममा गैर-आवासिय नेपाली संघ, अर्न्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुमार पन्त र अन्य उच्च पदाधिकारीहरुको उपस्थिति रहेने बाताईएको छ।

 

प्राप्त निमन्त्रणाको पूर्ण पाठः

आदरणीय स्विट्जरल्याण्ड वासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरु,

हार्दिक नमस्कार!

हाम्रो छिमेकी मुलुक भारतले गरेको अघोषित नाकाबन्दीले नेपालको दैनिक जीवन दिनदिनै कष्टकर हुंदै गैरहेको कुरा हामी सबैलाई सर्व विधितै छ। गैर-आवासीय नेपाली संघ, अर्न्तराष्ट्रिय समन्वय परिषदको मिति १५ नोभेम्बर २०१५ मा बसेको बैठकले नेपालका अस्पतालहरुलाई आपतकालिन उपचारहरुका लागि अत्यावश्यक औषधिहरु उपलव्ध गराउने उदेश्यका साथ घटीमा १० करोड नेपाली रुपैयाँ संकलन गर्ने निर्णय गरेकोले उक्त अभियानमा सहयोग गरिदिनु हुन गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डले अनलाईन मेडिया मार्फत सूचना प्रकाशित गरिसकेको छ। यही आंउदो मंगलवार २४ नोभेम्बर २०१५ का दिन गैर-आवासीय नेपाली संघ, अर्न्तराष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष कुमार पन्त, युरोपका क्षेत्रीय संयोजक कुल आचार्य, आईसिसि महिला संयोजक सपिला राजभण्डारी, युरोपका क्षेत्रीय सह-संयोजक द्वय प्रेम गुरूङ र दावा शेर्पा स्विट्जरल्याण्ड आउंदै हुनुहुन्छ।

आदरणीय स्विट्जरल्याण्डवासी नेपाली दाजुभाई तथा दिदिबहिनीहरु, नेपाल र नेपालीको लागी छोटो समयमा निर्धारण भएको यस कार्यक्रममा उपस्थित भै दिनुहुन गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्ड हार्दिक अनुरोध गर्दछौं।

कार्यक्रम स्थान: Bahnhof Buffet Restaurent, ओल्टन

मिति: २४ नोभेम्बर २०१५

समय: बेलुकी ७:०० बजे

भूमिराज गुरुङ

महासचिव

गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्ड

Previous articleतिहार एवं लक्ष्मी जयन्ती कार्यक्रम सम्पन्न
Next articleअत्यावश्यक औषधिका लागि अर्थ संकलन गर्न कुमार पन्तको अनुरोध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here