१३ नोभेम्बर २०१५ का दिन फ्रान्सको राजधानी पेरिसका विभिन्न ठाउँहरुमा बन्दुकधारीहरु द्वारा गरिएको आतंककारी हमलामा परी दिवंगत भएका मृतात्माहरु प्रति श्रद्धाञ्जली एवं शोक संतक्त परिवारहरुमा नेपाली जनसम्पर्क समिति स्विट्जरल्याण्डले समवेदना प्रकाट गरेको छ। साथै सो हमलामा परी घाइते भएकाहरुको यथाशिघ्र स्वास्थ्य लाभको कामना गर्दै उक्त अमानवीय हमलाबाट प्रभावित फ्रान्सेली नागरिकहरुलाई धैर्य धारण गर्ने शक्ति मिलोस भनि उक्त संस्थाले कामना गरेको छ। यस सम्बन्धमा नेपाल स्वीस डट कम संगको एक कुरा कानीमा उक्त संस्थाका कोषाध्यक्ष कृष्ण गुरुङले उक्त बिचार राखेका हुन। यसै क्रममा उनले अमानविय एवं आतंककारी हमलाको जनसम्पर्क समिति स्विजरल्याण्डले सदैव घोर भत्सर्ना गर्ने बताएका छन्।
Home स्विट्जरल्याण्ड भित्र नेपाली गतिविधि नेपाली जनसम्पर्क समिति स्विट्जरल्याण्डको समवेदना र भत्सर्ना



