दीपेन्द्र के.सी., बेल्जियम। हालै दिवँगत हुनु भएका राप्रपा नेपालका केन्द्रीय महामन्त्री स्व. चन्द्र बहादुर गुरुङको सम्झनामा यहाँ स्थित एन्त्रोपेन शहरमा हिजो १८ अक्टोवरका दिन एक शोकसभाको आयोजना गरियो।

बेल्जियममा स्थित सो दलको प्रवासी सँगठन प्रवासी नेपाली एकता समाजको आयोजनामा भएको शोकसभामा समाजका अध्यक्ष सुरेन्द्र अमात्य, महासचिव दीपेन्द्र के.सी., सचिव दीप कुँवर, सदस्य महेन्द्र पन्त, रिम रेग्मी, मदन गुरुङ, दिपक मल्ल, चण्डिका प्रसाद उपाध्याय, सन्तोष सिंह, विवेक उपाध्याय, सुरेन्द्र खडका आदिले स्व. गुरुङको राष्ट्रवादी अडान तथा कठीन घडीमा पार्टी निर्माण र सँगठन विस्तारमा निभाएको भूमिकाको प्रशँसा गर्दै उहाँ प्रति भावपूूर्ण श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।

एन्तोर्पेन क्षेत्रीय समिति निर्माण – यसैगरी सोही एन्तोर्पेन क्षेत्रका सदस्यहरुको सहभागितामा भएको भेलाले स्व. गुरुङको निधनमा शोक प्रस्ताव पारित गर्दै शोक व्यक्त गरेको छ । एन्तोर्पेन क्षेत्रमा समाजको क्षेत्रीय भेला आयोजना गर्न क्षेत्रीय तदर्थ समितिको गठन पनि गरेको छ।

मदन गुरुङको सँयोजकत्वमा नवगठित समितमा चण्डिका प्रसाद उपाध्याय, दिपक मल्ल, सन्तोष सिंह, विवेक उपाध्याय र रिम रेग्मी सदस्य रहनु भएको छ।

पृथ्वी जयन्ती मनाइने – समितिको निर्णय अनुसार आगामी १० जनवरी २०१६ का दिन एन्तोर्पेनमै क्षेत्रीय अधिवेशन तथा पृथ्वी जयन्तीको आयोजना गरिने भएको छ।

Previous articleओली क्याबिनेटले उपप्रधानमन्त्रीको रकेर्ड तोड्ने संकेत
Next articleनेपाली समाज बेर्नको आयोजनामा दशैं कार्यक्रम हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here