काठमाडौँ, कात्तिक १ गते। राष्ट्रपति डा। रामवरण यादवले नवनिर्वाचित सभामुख ओनसरी घर्तीलाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएको छ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति डा। यादवले सभामुख घर्तीलाई शपथ खुवाउनुभएको हो।
समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री केपी शर्मा ओली, कायममुकायम प्रधानन्यायाधीश गिरिशचन्द्र लाल, मन्त्रीगण, सांसदहरु, सुरक्षा निकायका प्रमुखहरु, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाजका अगुवाहरु सहभागी हुनुहुन्थ्यो।

व्यवस्थापिका–संसद्ले गत असोज २९ गते सभामुखमा घर्तीलाई निर्वाचित गरेको थियो। घर्ती एकीकृत नेकपा एमाओवादीका तर्फबाट रोल्पा क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको थियो। रासस

Previous articleगैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डद्वारा जारी प्रेस-विज्ञप्ति
Next articleसुध्रिए मौका, नसुध्रिए सुटआउट: एसएसपी थापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here