२७ असोज, काठमाडौं । काठमाडौंमा जारी गैरआवासीय नेपाली संघको विश्व सम्मलेनमा बेलायतका कुल आचार्य एनआरएन युरोप संयोजकमा निर्विरोध भएका छन्। युरोप संयोजक पदका लागि नै आचार्यको मात्र उम्मेद्वारी परेपछि निर्बिरोध बनेका हुन्।

यसअघि संयोजकको उम्मेद्वारी घोषणा गरेका डेनमार्कका सोप सापकोटा नै उनका प्रस्ताबक बनेका थिए।  आचार्यको  समर्थकमा डम्बर घले बसेका छन्। एनआरएन सातौ अधिबेशनमा निर्बिरोध हुने पहिलो उम्मेद्वार आर्चाय नै बनेका छन्।

आचार्यले एनआरएन युकेको कार्यसमितिमा सदस्य, उपाध्यक्ष तथा कल्याणकारी समितिको संयोजक हुँदै राष्ट्रिय समन्वय परिषदको नेतृत्व समेत गरेका थिए। हाल गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य रुपमा एनआरएन अभियानमा सक्रिय छन्।

आचार्यले एनआरएनए मानवीय तथा कल्याणकारी समितिका सहसंयोजकको रुपमा सफलतापूर्बक जिम्मेबारी निर्बाह गरेका छन्। उनले काठमाडौं त्रिभूवन विमानस्थलमा ४० वटा ट्रली पुर्‍याएर सहयोग पुर्याएका थिए।

यस्तै आचार्यको ओलम्पियन भूपेन्द्र सिलवाललाई लण्डन बोलाउनेदेखि पत्रकार अक्षय कोष स्थापना, जुम्लामा बर्थिङ सेन्टर स्थापनाको सहयोगमा पनि ठुलो योगदान रहेको छ।

आफ्नो जन्मथलो पर्वतको धाइरिङमा आफ्नै पिताको नाममा उच्चमाध्यमिक विद्यालयलाई सहयोग गर्नेदेखि लिएर कुश्मामा पाठशाला बनाउन समेत उनले सहयोग पुर्याएका छन्। गाउँठाउँका मठमन्दिर, पाटीपौवा बनाउनेदेखि लिएर नेपाल पुगेका बेला थुप्रै कल्याणकारी काममा सहयोग गर्दै आएका छन्।

-अनलाईन खबर

Previous articleसपिला राजभण्डारी “वेष्ट एनआरएन” घोषित
Next articleएनआरएनए अध्यक्ष पदमा तिन जनाको उम्मेद्वारी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here