काठमाडौं- धेरैलाई विश्वास नलाग्न सक्छ, तर नेपाल भारतमा रेमिटेन्स पठाउने सातौं ठूलो राष्ट्र हो। पिउ रिसर्च सेन्टरका अनुसार सन् २०१२ मा भारतमा सबैभन्दा धेरै रेमिटेन्स पठाउने राष्ट्रको सूचीमा नेपाल सातौं स्थानमा रहेको छ।

संसारभर आप्रवासी कामदारको आवतजावत बढ्दै गएकोले रेमिटेन्सको प्रवाह रोक्न असम्भव भइसकेको परिप्रेक्ष्यमा नेपालबाट भारतमा धेरै रेमिटेन्स जानु र नेपाल भारतको सातौं धेरै रेमिटेन्स पठाउने मुलुक हुनु आश्चर्यजनक भने होइन।
नेपालमा विभिन्न देशका नागरिकले वैध तथा अवैध रुपमा काम गरिरहेका छन्। वैदेशिक रोजगार विभागले नेपालका विभिन्न संस्थामा अवैध रुपमा काम गर्दै आएका नागरिकलाई काम गर्ने अवैध कामदारलाई दर्ता भएर काम गर्न पनि अनुरोध गरेको छ। वैध रुपमा दर्ता भएर काम गर्ने कामदारको मात्र तथ्यांक रहने र उनीहरुद्वारा बैकिङ प्रणालीमार्फत पठाएको रेमिटेन्समात्र रिसर्चमा समेटिएको छ।
रिसर्च सेन्टरका अनुसार सन् २०१२ मा भारतले जम्मा ६९ अर्ब ३५ करोड अमेरिकी डलर रेमिटेन्स बापत प्राप्त गरेको थियो। जसमध्ये नेपालबाट मात्र ३ खर्ब ३८ अर्ब हाराहारी (३ अर्ब २२ करोड अमेरिकी डलर) रेमिटेन्स भारतले प्राप्त गरेको थियो।
यस्तै, भारत नेपालबाट रेमिटेन्स प्राप्त गर्ने सन् २०१२ को पहिलो राष्ट्र हो। नेपालबाट ३ अर्ब २२ करोड अमेरिकन डलर रेमिटेन्स प्राप्त गरेर भारत नेपालबाट धेरै रेमिटेन्स भिœयाउने मुलुकको सूचीमा पहिलो स्थानमा रहेको थियो भने ६ करोड १० लाख अमेसिकी डलर भिœयाएर चीन नेपालबाट रेमिटेन्स भिœयाउने दोस्रो ठूलो राष्ट्र भएको छ।
विश्व बैंकका अनुसार वैदेशिक रोजगारीमा जाने आप्रवासी कामदारले सन् २०१२ कम विकशित देशमा जम्मा ५ खर्ब २९ अर्ब अमेरिकी डलर रेमिटेन्स पठाएका थिए। जसमध्ये करिब एक चौथाइ रेमिटेन्स अन्य देशमा पठाएर अमेरिका संसारभर रेमिटेन्स पठाउने मुलुकमा पहिलो स्थानमा रहेको छ। यस्तै, रेमिटेन्स भिœयाउने देशहरुमा भारत एक नम्बरमा पर्छ।

-नागरिक न्यूज

Previous articleकोटा प्रणाली सुरु, ४०२ पेट्रोलियम ट्याङ्कर भारतीय सीमामा रोकिए
Next articleभारतीय हस्तक्षेप बिरुद्ध स्विट्जरल्याण्डको राजधानी बेर्नमा बिरोध प्रदर्शन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here