काठमाडौं-भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रूपमा नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव एस जयशंकरलाई एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भ्रमणको सन्दर्भ नमिलेको बताएका छन्।
शुक्रबार साँझ भएको भेटमा दाहालले जयशंकरलाई भ्रमण कि १५ दिन पहिले कि १५ दिन पछि हुनुपर्ने बताएका थिए।
जयशंकरले दाहालसँग थरुहट र मधेस आन्दोलन बारे चासो व्यक्त गरेको दाहालका स्वकिय सचिव चुडामणी खड्काले बताए। नेपालमा आन्दोलन भैरहँदा तराईका जनताले उता (भारत) क्रस गर्न खोज्ने भन्दै जयशंकरले सिमा सुरक्षाबारे चिन्ता गरेका थिए।
यता दाहालले छिमेकी हुनुको नाताले बोर्डर मात्र होइन सबै सुरक्षाबारे चिन्ता र चासो लिनुपर्ने बताए।
मधेस, थारुहट र जनजाति आन्दोलनलाई सम्बोधन गर्ने दाहालले बताए। अहिले राजनीतिक प्रतिवद्वता गरेर पछि संविधान संशोधन गरेर माग सम्वोधन गरिने दाहालले बताएको खड्काले जानकारी दिए। दाहाल निवास लाजिम्पाटमा भएको भेटमा नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पनि सँगै थिए।

-साभार नागरिक न्यूज

Previous articleअसोज ३ र ४ गते सार्वजनिक बिदा
Next articleभारतीय पूर्व जनरलको बयानः प्रचण्ड यसकारण जान सक्दैनन् सत्तामा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here