प्रकाश तिवारी, १४ सेप्टेम्बर २०१५। नेपाली कलाकार, साहित्यकार एवं कला, साहित्य तथा संस्कृतिप्रेमीहरुको विश्वव्यापी साझा संजाल यस अन्तराष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) International Nepalese Artist Society (INAS) को शाखा क्यानाडामा पनि गठन भएको छ। इनासको ग्लोबल कमिटिले इनास क्यानाडा गठन गर्ने प्रस्तावलाई स्वीकृत गरे पछि औपचारिक रुपमा इनास क्यानाडा गठन भएको हो। गैर-आवासीय नेपाली संघ क्यानाडा लगायत अन्य थुप्रै सामाजिक संघसंस्थाहरुमा लामो समयदेखि संलग्न रहेका एनआरएनए क्यानाडाका वर्तमान इन्टरनेशनल अफेयर्स कोओर्डिनेटर तथा नेपाली कला, साहित्य र संस्कृतिलाई अत्यन्त माया गर्ने व्यक्तित्व गोपाल भण्डारीको अध्यक्षतामा गठन भएको क्यानाडा राष्ट्रिय समितिको उपाध्यक्षमा साहित्यकार सपना गौतम, चर्चित चलचित्र निर्माता एवं अभिनेता इश्वर थापा रहेका छन् भने महासचिवमा सुरेन उप्रेती सचिव राजु थापा, कोषाध्यक्ष हेम थापा एवं प्रवक्ता रामकाजी मोक्तान रहेका छन भने सस्थाको कार्यकारी सदस्यमा दिनेश थानी, शारदा खरेल, सुशिला भण्डारी, आदि याक्थुम्बा, ज्ञानु शाह, हसिना श्रेष्ठ, जयराम गौतम, शर्मिला श्रेष्ठ, मेरिगोल्ड भण्डारी र संगीता थापा चयन भएका छन्। त्यस्तै गरि समितिको सम्मानित सल्लाहाकारमा एनआरएन क्यानाडाका अध्यक्ष तुलसी सापकोटा, समाजसेवी तथा संस्कृतिप्रेमी आङ्गबरु शेर्पा, नेपाली कला र संस्कृतिप्रति पूर्णरुपमा समर्पित व्यक्तित्व हरि सिवाकोटी, रोदेश शाक्य, गिरी बुढाथोकी र संचारकर्मी सन्तोष ओझालाई मनोनयन गरिएको छ। त्यसैगरी इनासको ग्लोबल कमिटीमा प्रतिनिधित्व गर्नका लागि इनास क्यानाडाको तर्फबाट संयोजक प्रतिनिधिको रुपमा भने हरि सिवाकोटीलाई चयन गरिएको छ। विश्वभरि शाखाहरु गठन गरेर नेपाली कला, साहित्य र संस्कृतिको उत्थान र नेपाली चलचित्रको अन्तराष्ट्रिय प्रवर्द्धन गरिरहेको यस संस्थाले आगामी १२-१३ अक्टोबरका दिन काठ्माण्डौमा प्रथम महाधिवेशन तथा तेश्रो इनास फिल्म अवार्ड कार्यक्रम आयोजना गर्न लागेको छ।

Previous articleईन्द्रधनुष क्लव बेल्जियमको तीज कार्यक्रम भब्य रुपमा सम्पन्न
Next articleएन. आर. एन. ए. स्विट्जरल्याण्डको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here