काठमाडौँ, भदौ २५ गते । मदन पुरस्कार गुठीबाट हरेक वर्ष प्रदान गरिने मदन पुरस्कार पत्रकार विजयकुमारद्वारा लिखित ‘खुसी’ संस्मरणात्मक कृतिलाई दिइने भएको छ ।

गुठीको शुक्रबार बसेको साधारणसभाले सो निर्णय गरेको हो ।

त्यसैगरी जगदम्बाश्री पुरस्कार आजीवन नेपाली भाषा र शिक्षामा अतुलनीय योगदान पु¥याएबापत अङ्गुरबाबा जोशीलाई प्रदान गर्ने निर्णय गरिएको गुठीका अध्यक्ष कमलमणि दीक्षितले जानकारी दिनुभयो ।

पुरस्कारको राशि जनही रु. दुई लाख हुनेछ ।

सो पुरस्कार आगामी असोज २७ गते प्रदान गरिने छ ।

गुठीले २०१२ सालदेखि (निर्णय २०१२ साल र प्रदान २०१३) यी दुवै पुरस्कार प्रदान गर्दै आएको छ । रासस

Previous articleअन्तर्राष्ट्रिय समन्वय परिषद्को युवा संयोजक पदमा निर्मल अर्यालको उम्मेद्वारी घोषणा
Next articleनेपालीघरको पाचौँ साधारण सभा अक्टोबरमा हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here