नेपालका नेवार समुदायले गर्ने बेबी मसाजलाई नेपाली चेली नास्मा साईब्लर-श्रेष्ठ ले स्विट्जरल्याण्डमा लोकप्रिय बनाएकी छन्।

३२ वर्ष पहिला स्विट्जरल्याण्डको अस्पतालमा नास्माले पहिलो छोरी जन्माए पछि सुत्केरी छोरी र नातिनी भेट्न त्यहाँ पुगेकी उनकी आमाले नातिनीलाई मालिस गरेको देखेर त्यहाँका सबै छक्क परे। नेवार समुदायमा प्रचलित तेल लगाउने विधि (बेबी मसाज) यति लोकप्रिय भयो कि अस्पतालका नर्स, मिडवाइफ, फिजियोथेरापि सम्मले सिक्न चाहे । गर्भ रहँदा विशेष ध्यान दिएर अस्पतालमा बच्चा जन्माउनुपर्छ भन्ने थाहा भए पनि बच्चासँग संवाद गर्दै आमा वा परिवारका अन्य सदस्यले मालिस गर्ने विधि थाहा नपाएका त्यहाँका स्वास्थ्यकर्मी र मानिसहरूलाई नास्माले सिकाइन्, एक वर्षपछि बेबी मसाज स्कूल खोले। स्वीट्जरल्याण्डको जुरिक शहरमा खोलिएको उनको स्कूलले अहिलेसम्म हजारौ भन्दा धेरै लाई तालिम दिइसकेको छ।

नेवार समुदायमा प्रचलित “बेबी मसाज” बारे नास्माले लेखेको पुस्तक अंग्रेजी र जर्मन भाषामा प्रकाशित भइसकेको छ।

स्विट्जरल्याण्डको जुरीख शहरमा स्थाई बसोबास गर्दै आएकी नास्माले ८ सेप्टेम्बर २०१५ का दिन नेपालको धुलिखेल अस्पतालको एक कक्षमा “बेबी मसाज BMN” पाइलट-परियोजना संचालन गरेकी छन्। उक्त पाइलट-परियोजनाको उद्घाटन नेपालका लागि स्विट्जरल्याण्डका राजदूत डा. उर्स हेरनले गरेको थियो।

“बेबी मसाज” बारे थप जानकारीको लागि नास्मा द्वारा संचालीत वेवसाईट www.bmn-newar.ch हेर्न सकिन्छ।

Previous articleआन्दोलनकारीद्वारा घाइते असईको लखेटीलखेटी हत्या
Next articleकसैलाई बिझाउँदैनथे

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here