जनकपुरधाम,  भदौ २५ गते  । प्रहरी र प्रदर्शनकारीबीच आज शुक्रबार यहाँ भएको झडपमा दुई प्रदर्शनकारीको मृत्यु भएको छ ।
जनकपुरधामको मिल्स एरियामा प्रहरीले चलाएको गोली लागेर धनुषा जमुनियाका १८ वर्षीया नितु यादव र सबेलाका विनोद साहको मृत्यु भएको जनकपुर अञ्चल अस्पतालले जनाएको छ । नितुको घटनास्थलमै र साहको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा घोषित कार्यक्रम ‘जनकपुर जाऔँ, जनकपुर भराँं’ मा सहभागी हुन गएका आन्दोलनकारीले स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञा तोडेपछि प्रहरीले गोली चलाएको हो । अहिले यो क्षेत्र तनावग्रस्त छ । रासस

Previous articleउपत्यका छाड्दै गुन्डा नाइके
Next articleआन्दोलनकारीद्वारा घाइते असईको लखेटीलखेटी हत्या

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here