२९ अगष्ट २०१५ स्विट्जरल्याण्ड। गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डले संघका अर्न्तराष्ट्रिय समन्वय परिषदका वर्तमान कोषाध्यक्ष एवं केन्द्रिय महासचिव पदका उम्मेद्वार डा. के. सी. संग जुरीखमा एक अर्न्तक्रिया कार्यक्रम आयोजना गर्यो। उक्त अर्न्तक्रिया कार्यक्रममा आई. सी. सी. महिला संयोजक सपिला राजभण्डारी र एन. सी. सी. रसियाका भूतपुर्व महासचिव एक नारायण चापागाईको पनि उपस्थिति रहयो। उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै डा. के. सी. ले आफू संस्था स्थापना कालदेखि सक्रिय रहदै संस्थाको विभिन्न पदहरुमा जिम्मेवारी निभाएको र यस क्रममा संगालेको अनुभवको आधारमा आफूलाई संघको महासचिव पदका लागि परिपक्क एवं उपयूक्त ठानी उक्त पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेको बताए। अर्न्तक्रियाकै क्रममा उनले बिगतका बर्षहरुमा गैर-आवासिय नेपाली संघले प्राप्त गरेको सफलता र भविष्यका चुनौतिहरुका बारेमा कार्यक्रमका सहभागिहरु माझ आफ्नो विचार राखेका थिए। त्यसै गरी महिला संयोजक सपिला राजभण्डारीले गैर-आवासिय नेपाली महिलाहरुको चुनौति, बिषेश गरी खाडी क्षेत्रमा कार्यरत महिलाहरुको पिडादायी अवस्थाको बारेमा चर्चा गर्दै आफ्नो कार्यकालमा सम्पन्न भएका महिला सम्वन्धि कार्यक्रमहरुका बारेमा जानाकारी गराईन। त्यसै अवसरमा गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डका नव निर्वाचित आई. सी. सी. सदस्य डा. विनय श्रेष्ठले संघका केहि मुलभूत उदेश्यहरु आंसिक रुपमा पुरा हुन गईरहेको अवस्थामा संघका लक्ष्य र उदेश्यहरु नयां ढंगले परिभाषित गर्नु पर्ने आफ्नो बिचार राखे। त्यसै गरी उनले संस्थाको जटिल संरचनालाई बिकेन्द्रिकरणको माध्यमबाट सरलिकरण गर्न पर्ने बताए। गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डका अध्यक्ष हिराबल गुरूङले बढि भन्दा बढि गैर-आवासिय नेपालीहरु लाई संघको सदस्य बनाउनु पर्नेमा जोड दिए।

कार्यक्रममा उपस्थित अतिथि एवं सहभागिहरु लाई संस्थाकी उपाध्यक्ष सिमा गौतमले स्वागत गरिकी थिईन भने महासचिव भूमिराज गुरूङले कार्यक्रम संचालन गरेका थिए। कार्यक्रममा जन सम्पर्क समितिका अध्यक्ष राम महत्तो, जुरीख नेपाली स्पोर्टस क्लवका अध्यक्ष देव राई, नेपाली जनजाति आदिवासि महासंघ, स्विट्जरल्याण्डका संयोजक छोङडुक भोटे, बेर्न समाजका महासचिव लाल सुनार र बासेल समाजका सचिव जिवन भट्टराईको उपस्थिति रह्यो। गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डका नव निर्वाचित उपाध्यक्ष श्याम घले, कोषाध्यक्ष सुक्र श्रेष्ठ, सचिव फडिन्द्र पन्त, यूवा संयोजक अर्जुन बास्ताकोटी र सदस्य प्रेम सापकोटा पनि कार्यक्रममा उपस्थित थिए। त्यसै गरी संस्थाका भूतपुर्व सल्लाहकार एवं विधान संशोधन समिति २०१५ का संयोजक प्रमोद भट्ट र भूतपुर्व उपाध्यक्ष विजया भट्टले पनि कार्यक्रममा सहभागिता जनाए।

Binaya SONY DSC

Previous articleस्विट्जरल्याण्डमा बस्ने एक नेपाली चेलीको पहलमा राहत बितरण
Next articleमधेस बन्दका कारण पेट्रोलियम पदार्थको हाहाकार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here