आदरणीय स्विसबासि दिदि बैनी तथा दाजुभाइहरुमा मेरो हृदय देखिको नमस्कार,

१६ अगस्टको दिन स्विटजरल्याण्डको जुरिच सहरमा भएको गैह्र आबासिय नेपाली संघ स्विसको चौथो रास्ट्रीय अधिबेशनमा भए लिन आउनु हुने सम्पूर्ण स्विसबासी नेपालीहरुलाई म व्यक्तिगत रुपमा हृदय देखि नै धन्यबाद दिन चाहन्छु। मलाइ तपाइहरुले मैले बिगतको एनआरएनए स्विस मा गरेको योगदानको उचित मुल्यांकन गर्दै आफ्नो अमुल्य मत दिइ उपाध्यक्ष पदमा बिजय गराउनुका साथै मलाइ तपाइहरुले आगामी कार्यकालको लागि ठुलो जिमेवारी सुम्पिदिनु भयो। म यहा हरु संघ दृढ प्रतिज्ञा गर्दछु मैले आफ्नो उमेद्वारी दिदै गर्दा गरेका प्रतिबद्दहरुलाइ पुरा गर्ने र तपाइँ स्विसबाशी नेपाली दाजुभाई दिदि बहिनि हरु को बास्तबिक समस्यालाई सस्थागत रुपमा उठाएर हल गर्न त्यसको कार्यान्यन गर्न सक्दो प्रयास गर्नेछु । यस कार्यको लाइ मलाइ जहिले पनि तपाईहरुको रचनात्मक सल्लाह, सुझाब र पूर्ण सहयोग को आबस्यकता पर्दछ जुन आगामी दिन मा यहाहरु बाट प्राप्त हुने अपेक्षा गरेको छु ।

स्विटजरल्याण्डको अत्यन्त ब्यस्त समय र महँगो यात्राको प्रभाह नगरी सम्पूर्ण नेपालीहरुको छाता संगठन एनआरएनए स्विसको ( २०१५ – २०१७ )अधिबेशन र नया कार्यसमिती निवार्चित गर्नको लागि उपस्थित हुनु हुने तपाइँ मतदाताहरु तथा आफ्नो जिम्मेवारी बहन गर्नु भएका निर्बाचन सम्योजक श्री बिष्णु थापा लगाएत उहाको सम्पुण टीमलाइ मेरो तर्फाबाट हृदय देखि नै धन्यबाद ब्यक्त गर्दछु | यो सम्पूर्ण प्रक्रियाको लागि अति महत्वपुर्ण संयोजनकारी र सहयोगी भूमिका निर्बाहा गर्नु हुने तत्कालिन एनआरएनए स्वीसका अध्यक्ष श्री धर्म गुरुङ ,आइसीसी सदस्य शिव रिजाल, महासचिब सुभास पोखरेल तथा सम्पूर्ण कार्यसमितीका पदाधिकारीहरु लगाएत संघसस्थाका प्रतिनिधिहरु ,पत्रकार मित्रहरु , साथसाथै जेनेभा, जुरिच ,आराउ, बर्न ,बासल ,लुजर्न ,लाउजाने ,फ्राइबुर्ग लगाएत तपाईहरु सम्पूर्ण स्विसबासी दिदीबहिनी,दाजुभाइहरुलाइ मेरो तर्फबाट हार्दिक कृतज्ञता सहित धन्यबात ब्यक्त गर्दछु।

हामि स्विसबाशी नेपालीहरुको लागि यो एक एतिहासिक र उदाहरणीय कार्य हो। यो एतिहासिक कार्य सम्पन गर्दै गर्दा देखिएको प्रक्रियागत कुराहरुलाई सुधार्दै अब फेरी पनि नदोरियोस भन्दै तपाइहामी स्विसबाशी नेपालीहरुले महत्वपुर्ण छलफल,बहस र निर्णय गर्नु आवस्यक देखिन्छ ।

एनआरएनए स्विस सम्पूर्ण स्विसबासी नेपालिहरुको साझा सस्था भएको हुनलाई मलाइ आशा र विश्वास छ ,बाकि रहेको कार्यसमितीलाई पूर्ण गराउने क्रममा छुट्न गएको स्विसको भौगोलिक क्षेत्र, बौदिक वर्ग र अन्य पृष्ट भुमि भएका स्विसबासी नेपालीहरुलाई समावेशीताको आधारमा समेटिने छ भन्ने पूर्ण आशा सहित बिश्वास दिलाउन चाहन्छु।

अन्तमा फेरी पनि म सम्पूर्ण स्विसबासि नेपालीहरुलाई हृदय देखि नै धन्यबाद दिन चाहन्छु। म जुनसुकै समयमा पनि तपाई स्विसबासी नेपालीहरुको माझमा हुनेछु र छिट्टै सम्पूर्ण स्विसबासी नेपालीहरु माझ भेट्ने बाचा गर्दछु

हार्दिक धन्यबाद सहित

श्याम घले

उपध्यक्ष एनआरएनए स्विस (२०१५-२०१७)

जुरिच ,स्विटजरल्याण्ड

फोन : ०७८ ७२२ ३७ ९०

Previous articleस्मिता घिमिरे र जोहेब मानन्धर को स्वर, तथा जोहेब मानन्धर को लय र शब्दमा नयाँ भिडियो गीत “के भो आज भोलि” केहि महिना अघि मात्र सार्वजनिक भएको यो गीत चर्चित भएको छ।
Next articleफणिन्द्र पन्तको हार्दिक कृतज्ञता ज्ञापन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here