१४ अगष्ट २०१५, स्विट्जरल्याण्ड। गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डको राष्ट्रिय अधिवेशन यहि १६ अगष्ट २०१५ मा जुरीखमा आयोजित हुदै छ। निर्वाचन समितिले प्यानलगत रुपमा उम्मेद्वारी गर्न नपाईने गरी विर्वाचन नियमावली प्रकाशित गरे पछि प्यानलगत रुपमा  उम्मेदवारी दिन तयारी गरेकाहरु पनि स्वतन्त्र रुपमा आ-आफ्नो  उम्मेद्वारी  दर्ता गराएका छन्। निर्वाचन समितिले प्रकाशित गरेको उम्मेद्वारी तालीका अनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र यूवा संयोजकको पदमा चुनाव हुने अड्कल काट्न सकिन्छ। यस सन्दर्भमा सन् २०१३ को अधिवेशनमा समाज र संस्थाको  हितकालागि आफ्नो उम्मेद्वारी फिर्ता लिएका हिराबल गुरूङले २०१३ मा व्यक्त गरेको विचार सान्दर्भिक एवं मार्मिक देखिएकाले उक्त भिडियो तल प्रस्तुत गरिएको छ। हिराबल गुरूङले  आगामी कार्यकाल २०१५ – २०१७ का लागि अध्यक्ष पदमा उम्मेद्वारी दिएका छन्।

Previous articleस्विट्जरल्याण्डमा चुनावी चहल पहल अन्तिम चरणमा
Next articleनिर्वाचन समिती को अपिल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here