आगामी नयाँ कार्यकाल  (२०१५-२०१७) का लागि आफ्नो उम्मेदवारी घोषणा गरेका गैरआवासीय नेपाली संगठन एनआरएनए स्विट्जरल्याण्डका नयाँ उम्मेदवारहरुसंग स्विट्जरल्याण्डवासी नेपालीहरुले खुल्ला रुपमा अन्तरक्रिया गर्ने भएको छ।
नेस्कोफ बेर्न समाजको आयोजनामा यही आउने अगस्त १ तारिख शनिवारको दिन स्विट्जरल्याण्डको राजधानी बेर्नमा हुने कार्यक्रममा अगुवा नागरिकहरुको पहलमा मिले सम्म सहमतिमा लैजाने कथम कदाचित सहमति नभए दुवै पक्षका उम्मेदवारहरुलाई खुल्ला रुपमा बहस गराउने, प्रश्नोत्तर गर्ने तथा उम्मेदवारहरुले सबैको सामु आफ्नो प्रतिबद्दता जनाउने छन्।
कार्यक्रममा नयाँ कार्यकालका लागि उम्मेदवार घोषणा गर्ने अध्यक्ष लगायत मुख्य पदका पदाधिकारीहरुले आफ्नो प्रतिबद्धता जनाउने छन्। कुनै पनि साधरण सदस्यले उम्मेदवारलाई बिना  पूर्वाग्रह अति सभ्य र संयमित ढंगले प्रश्न राखिनु पर्ने छ।
उक्त दिन दुइ तिर कार्यक्रम भएकोले साथीहरुको सल्लाह र सुझाबमा स्थान  र समयको  छिट्टै नै यसै मेडिया बाट सुचित गर्ने छौं।
बिष्णु थापा बेर्न

Previous articleगैर आबसिय नेपाली संघ जर्मनीको बार्शिक साधारण भेला सम्पन्न ।
Next articleएनआरएन महिला समिति बेल्जियमले भूकम्प पिडित महिला लाई सहयोग गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here