२४ जुन २०१५, स्विट्जरल्याण्ड। स्विट्जरल्याण्डको सबै भन्दा पुरानो नेपाली संस्था स्वीस-नेपाली समाजको उपाध्यक्षमा गैर-आवासीय नेपाली संघ, स्विट्जरल्याण्डका निवर्तमान आई सि सि सदस्य पितम गुरूङ निर्वाचित भएका छन्। यहि जुन १३ तारीख २०१५ मा बासेलमा सम्पन्न उक्त संस्थाको साधारण सभाले गुरूङलाई उपाध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको हो। गुरूङ स्वीस-नेपाली भुकम्प राहत अभियानका संयोजक पनि छन्। स्वीस-नेपाली समाजको कार्यसमितिमा स्विट्जरल्याण्डबासी नेपालीहरु सुजन मल्ल (कोषाध्यक्ष) एवं विनय श्रेष्ठ र कमल भट्ट पनि कार्यसमितिमा सदस्य छन्। करीब १२-१५ बर्ष देखि मार्कुस रुकस्थुल उक्त संस्थाको अध्यक्ष छन्।

Previous articleसर्वोच्चको फैसला सीमाभन्दा बाहिर–पूर्व प्रम नेपाल
Next articleनेपाली चेली मीरा फ्रान्समा च्याम्पियन बनिन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here