१८ वैशाख २०८१

पहिरोमा पुरिएर ४१ को मृत्यु, मेची राजमार्ग अवरुद्ध

0

पाँचथर, जेठ २८ गते । ताप्लेजुङको विकट पश्चिमी क्षेत्रका विभिन्न गाउँमा गएको पहिरामा परी मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको छ भने आठ जना गम्भीर घाइते भएका छन् ।

मृतकमध्ये लिङ्तेपका चमेली लिम्बू र मनमाया लिम्बू, लिबाङका देवेन्द्र लिबाङ, खोक्लिङका सविन मादेन र वसन्त विकको मात्र सनाखत भएको छ । मृत्यु भएकामध्ये लिवाङ–१ बाट १२ , २ बाट आठ, ३ बाट चार , लिङ्केतबाट तीन, थिङ्लाबुबाट पाँच, खोक्लिङबाट सात र सान्थाक्राबाट दुई जनाको शव निकालिएको प्रहरीले जनाएको छ ।

ताप्लेजुङका लिबाङ, थोक्लिङ, थिङ्लाबु र लिङ्केत गाविसका सबै वडामा एकै चोटि भीषण पहिरो जाँदा उनीहरुको मृत्यु भएको हो । ती गाउँमा अझै केही स्थानीयवासी सम्पर्कमा नआएकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने प्रहरीको अनुमान छ ।

पश्चिमी ताप्लेजुङका छ गाविसका खोला आसपास र डांडामा रहेका दुई दर्जन बढी घर पहिराले बगाएको छ । पहिराले लिङ्तेप, खोक्लिङ, लिबाङ र थिङ्लाबु गाविस सबैभन्दा बढी प्रभावित भएका छन् । खोला बढेका कारण उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

उद्धारका लागि काठमाडौँबाट समेत सेनाको हेलिकप्टर ताप्लेजुङ गए पनि खराब मौसमका कारण घटनास्थल पुग्न सकेको छैन । प्रहरी र स्थानीय बासिन्दा प्रभावित ठाउँमा उद्धारमा खटिएका छन् । उता बुधबार राति ताप्लेजुङको म्याङ्खामा पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध बनेको छ । रासस

Share.

Leave A Reply