२८ मे २०१५, स्विट्जरल्याण्ड। फिफाको शुक्रबार हुने निर्वाचनमा भाग लिन नेपालबाट अखिल नेपाल फुटबल संघ (एन्फा) का दुई केन्द्रीय सदस्य वसन्त अर्याल र रत्नकुमार श्रेष्ठ तथा बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही जुरीख आईपुगेका छन्।

उनीहरु विश्व फुटबल महासंघ (फिफा) को निर्वाचनमा भाग लिन मंगलबार बिहान स्विट्जरल्याण्ड आईपुगेका थिए। गैर आवासिय नेपाली संघ, स्विट्जरल्याण्डका निवर्तमान अध्यक्ष डा. विनय श्रेष्ठले उनीहरु संग मंगलबार साँझनै भेट गरेका थिए।

फिफाको शुक्रबार हुने निर्वाचनमा भाग लिई उनीहरु शनिबार नेपाल फर्कने बताए।

20150526_220921

फिफाको शुक्रबार हुने निर्वाचनको लागि जुरिच आइपुगेका अधिकारीलाई स्वीस अधिकारीले भ्रष्टाचारको आरोपमा बुधबार विहान फिफाका सात अधिकारी लाई पक्राउ गरेको छ। विश्व फुटबल महासंघका सात अधिकारीहरु पक्राउ परे पनि फिफाको निर्वाचन पूर्वनिर्धारित समयअनुसार शुक्रबार जुरीखमा नै हुने भएको छ।

उक्त महासंघका वर्तमान अध्यक्ष सेप ब्लाटर र जोर्डनका युवराज अली विन अल हुसेन फिफा अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन्।

Previous articleनेपाली मुलकी सञ्जिता भइन् ओबामाकी सल्लाहकार
Next article३० मेमा जुरिचमा हुन गईरहेको च्यारिटि डिनर कार्यक्रममा सम्पूर्णलाई चुल्हे निम्तो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here