१ जेठ, काठमाडौं। मंगलबारदेखि हराइरहेको अमेरिकी सेनाको हेलिकोप्टर दोलखा र सिन्धुपाल्चोकको सीमानामा पर्ने घोर्थलीको सिन्दूरे डाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ। सोमबार सिन्धुलीमा उद्धार कार्यमा खटिएको UH-1Y हेलिकोप्टर कालिन्चोक डाँडाको उत्तरपूर्वी दिशातर्फ दुर्घटनाग्रस्त अवस्थामा हेलिकोप्टर भेटिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

मंगलबार भूकम्प प्रभावितहरुको उद्धारका लागि गएको अमेरिकी सेनाको हेलिकोप्टर सुनखानी क्षेत्रबाट सम्पर्कविहीन भएको थियो । हेलिकोप्टरमा नेपाली सेनाका २ र अमेरिकी सेनाका ६ गरी ८ जना सैनिक थिए। अमेरिकी टीभी सीएनएनका अनुसार तीनजनाको शव भेटिएको छ। अन्यको शव भेटिएको छैन। मौसमले साथ दिएमा छिट्टै विस्तृत अनुसन्धान गरी प्रतिवेदन पेश गरिने सेनाले बताएको छ।चरिकोट नजिकैबाट हेलिकोप्टर सम्पर्कविहीन हुनुअघि चालक दलका सदस्यहरुले इन्धनमा समस्या पाएको रेडियो ट्रान्समिसनले संकेत गरेको सीएनएनले बताएको छ।

Previous articleसहयोग होस् त चीनको जस्तो
Next articleसरिता गिरीको कुरा सत्यहो , भारतीय मुलकी नेपाली नागरिक हुन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here