गोरखाको बारपाकमा केन्द्रविन्दु बनाएर ७.६ म्याग्नेच्युड स्केलबाट सुरु भएको भूकम्प एकपछि अर्को गर्दै जाने क्रम जारी छ।  दोस्रो तिब्बतमा केन्द्रविन्दु बनाएर ५.५, तेस्रो गोरखामै ६.६ र चौथो रसुवामा केन्द्र बनाएर ५.७ रेक्टरस्केलको भुकम्प गएको छ। भुकम्पबाट काठमाडौंमा धरहरा पूर्ण रुपमा क्षति भएको छ। अहिलसम्म कति मानवीय क्षति भयो भन्ने थाहा हुन  सकेको छैन। काठमाडौंका पुराना मन्दिर र घरहरुमा पनि भत्किएका छन्।अहिलेपनि सा-सानो भूकम्प गइरहेको छ। खानी तथा भूगर्भ विभाग भुकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीले दिएको जानकारीका अनुसार अहिले पनि सा-साना भूकम्प जाने क्रम जारी छ। उनले सतर्क भएर बस्न सबैलाई सुझाएका छन्। सुरुमा गएकोभन्दा कम म्याग्नेच्युडका भूकम्प गइरहेको पनि अधिकारीले बताए।

पहिलो भूकम्प ११ बजेर ५६ मिनेटमा गएको थियो। त्यसपछि तिब्बतमा लगत्तै र गोरखामा १२ बजेर ३० मिनेट जाँदा तेस्रो भूकम्प गएको थियो। त्यसपछि तेस्रो रसुवामा १२ बजेर ४१ मिटेट जाँदा र पाँचौ रसुवामै १२ बजेर ५३ मिनेटमा गएको अधिकारीले बताए। भक्तपुरतिर घर भत्किएको र बाटो भासिएको हाम्रो संवाददातले जनाएका छन्।

यस्तै गरी बसन्तपुर वरपर पुगेर फर्केका हाम्रो संवाददाता सागर घिमिरेले दिएको जानाकारी अनुसार त्यहाँ रहेका ३ ओटा मन्दिरमा क्षति भएको छ। त्यहाँ घाइते र मृतकलाई उद्दार गरिएको छ। फोटोग्राफर विजय राईले दिएको जानकारी धरहरमा लगभग १ सय ५० जना मानिस चढेको बताइएको छ। त्यस्तै, धरहरा वरपर हजारौंको संख्यामा मानिसहरु रहेका थिए। अहिले काठमाडौंमा लाखौं मानिस सडकमा छन्।

यसैगरी अरनिको राजमार्गअन्तगत पर्ने लोकनथली-कौशलटार सडक चिरिएको, पर्खाल भत्किएको स्थानीयले बताएका छन्। अहिले पनि भूकम्प गइरहेको छ।

-नागरिकन्यूज

फोटो -अनलाइनखबर

Previous articleशुक्रबार मुलुकभर लोकतन्त्र दिवस मनाइँदै
Next articleनेपाली जन सम्पर्क समिति स्विजरल्याण्डको अपिल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here