नेपाली लोक तथा लोक दोहोरी गायक  मिलन  लामाको  नाम लिने र भन्ने बित्तिकै त्यो  कुनै  अपरिचित एवं अनौठो नाम हो जस्तो कुनै नेपालीहरुलाई लाग्दैन ।

यो नाम सुपरिचित तथा  लोकप्रिय लोक तथा दोहोरी गायक मिलन लामाको सुनाम हो।  नेपाली लोक गीत तथा लोक  संगीतको  क्षेत्रमा  आफुलाई  समयानुकूल प्रस्तुत गर्न सक्ने र समयका भाकाहरुलाई गीत  बनाएर  श्रोताहरु र  दर्शकहरुका रूचि र चाहानाहरुलाई टपक्कै टिपेर कलात्मक र स्तरीय प्रस्तुतिहरु दिन सक्ने र दर्शक र श्रोताहरुलाई छमछमी र सजिलेसित नचाउन  पनि सक्ने थोरै लोक गायकहरुभित्र पर्ने  त्यो  नाम  हो, जो लोक गायक मिलन लामा मात्रै हो ।

नेपाली लोक भाका र त्यसलाई समय सुहाँउँदो बनाउन सक्ने मिलन  लामाका थुप्रै लोक गीत तथा लोक दोहोरी गीतहरुले लोक भाका पारखीहरुले समेत मन पराउने र रुची राख्ने पूर्वदेखि पश्चिम लगायत विश्वभरी नै चर्चा पाएकाछन् र त्यस्तै सनसनी पनि बनाएकाछन। आफै गीत लेख्ने, आफै गाउने र आफै श्रव्य दृश्यहरुमा समेत आफ्नो सफल भूमिका खेलेर ख्याती प्राप्त गरेका तिनै लोक दोहोरी गायक मिलन लामालाई म्युनिखका नेपालीहरु माझ २४ अप्रिलका दिन एनआरएनए एलसिसी  बायर्न र्जर्मनीले एक भव्य सांस्कृतिक कार्यक्रम,,मिलन लामा सांगेतिक साँझ,, को आयोजना गर्दैछ । आयोजकका अनुसार खाना लगायत भरपुर मनोरन्जनका लागि दुई प्रकारको प्रवेश शुल्क निर्धारण गरेको बुझिएकोछ।

जस अनुसार सामान्य प्रवेश शुल्क स् १५ युरो , विद्द्यार्थी वर्गका लागि १२ युरो र ससाना बाल बालिकाहरुको लागि निशुल्क व्यवस्था गरिएकोछ ।  यति थोरै शुल्कमा खान पनि पाइने र त्यस्तो लोकप्रिय लोक गायकको गीत सुन्न र हेर्न पनि पाइने भएसी को जाँदैन, भन्दै थिए थुप्रै नेपालीहरुले भेटघाटको क्रममा । तसर्थ  मौकामा हिरा फोर्नु , भने झैं मीठो नेपाली लोक भाकाका धनि मिलन लामाको गीतको स्वाद लिन र वर्षौं लामो हैरानी र थकाइ मेट्न  मनोरंजन लिन पाइने अवसरलाई गुम्न नदिऔ ।

यसका लागि ठेगाना हो Einewelthaus,schwanthaler str-80, 80336 म्युनिख, जर्मनीको ठेगानामा  साझ १८ बजे देखी कार्यक्रम शुरु गरिने भनि  एनआरएनए एलसिसी बायर्न जर्मनीका सम्योजक श्री प्रेम कडेलले  जानकारी दिनु भएको  छ  र साथै सम्पूर्ण संस्कृतिप्रेमी तथा नेपाली संगीतप्रेमी दिदीबहिनी तथा दाजुभाइहरुलाई उपस्थित भइ सांगेतिक साँझ, नेपाली माझ धुमधाम रमाइलो र मनोरन्जन गर्न एनआरएनए  एलसिसी बायर्न, जर्मनी  विनम्र अनुरोध पनि गर्दछ ।

Previous articleजुरीख नेपाली स्पोर्ट क्लबको आयोजनामा फुटबल खेल हुने
Next articleशुक्रबार मुलुकभर लोकतन्त्र दिवस मनाइँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here