स्पेनका स्थानिय बालकलाकारहरुले पिरतीको छाता ओडौन भन्ने  लोकप्रिय गीतमा आकर्षक नृत्य गरेपछि कार्येक्रमको खुलेर  प्रशंसा गरिएको छ । जनसम्पर्क समिति स्पेनले आयोजना गरेको नयॉ वर्ष शुभकामना तथा संस्कृतिक सॉझमा प्रस्तुत गरिएको  नेपाल तथा बिदेशमा सर्बाधिक लोकप्रिय बनेको यो गीतमा स्थानिय बालकलाकारहरुको  नृत्यले स्पेनमा सबैलाई साच्चै पिरतीको छाता ओडाउन सफल भएको छ । निकै राम्रो तरिकाले प्रस्तुत गरिएको उक्त नृत्य पश्चात सिट्ठी र तालीले कार्यक्रम स्थल गुन्जाएमान गराएको थियो।

सुस्मिता गिरीले चौबन्दीमा पटुकी बान्या छैन भन्दैमा बोलको गीतमा आफ्नो नृत्यकला प्रस्तुती आकर्षक ढंगले गरिन् भने दिब्य भण्डारी को झल्झली आखामा बोलको गितमा प्रस्तुत गरिएको नृत्यकला सधैं झैँ उत्कृष्ट बन्यो सोनिया क्षेत्रीले नाचू नाचू लाग्यो मलाई भन्दै सबैलाई कार्येक्रममा नचाउन  सफल भएकी थिईन् श्रिष्टी कार्कीले जिन्दगाना  दर्पण छॉयॉ, सपना कार्कीले बसन्त नै खोज्छ यहॉ अनिता कार्कीले लाग्दछ मलाई रमाइलो, संजु मास्केको नेपालकी छोरी  हु म, नुरिया अवाले श्रेष्ठले दिएको नेवारी प्रस्तुतीहरु तथा क्रिसला ढकालको खासै राम्रे नाच्न जान्दिन म लगायतका नृत्यहरु पनि प्रशंसा गर्न लायक नृत्यकलाहरु थिए।

गायन तर्फ मनीषको सरोदबादक  बिनोद कटुवालको बासुरी र सुभाष  बिष्टको तबला ले फरक प्रस्तुती र नेपाली पन झल्काएको प्रस्ट भान हुन्थ्यो नरेश कार्कीले हेर्दा राम्रो माछा पुछ्रे कलात्मक ढंगले प्रस्तुती गरे भने सॉड्गे शेर्पाले मैले बोल्ने त्यो बोलिमा  गाएर  सबैलाई मनोरन्जन दिन सफल भएका थिए सय थरि बाजा एउटै ताल लाग्दछ मलाई रमाईलो  बनमा फुल्यो फुल, झल्झली आखामा  दिब्या भण्डारी लामपाते शुरती लगाएतका प्रस्तुतिहरु नेपाली भेस भूषामा सजिदै रमाईलो माहोल र उत्साह पूर्ण बाताबरण बनाउदै सुबाश बिष्ट ले संस्कृतिक कार्येक्रमको संचालन गरेका थिए।

ज.स.सका तर्फबाट सन्तोष श्रेष्ठ ले संचालन गरेको उक्त कार्येक्रम गैह्र आवासीय नेपाली संघ स्पेनका अध्यक्ष एकराज गिरीले पानसमा बत्ति बाल्दै उद्घाटन गरेका थिए । सम्पूर्ण संघ सस्थाका  अध्यक्ष तथा प्रतिनिधिहरुले अतिथिको रुपमा उपस्थिती जनाउदै शुभकामना मन्तब्य दिएको उक्त कार्यक्रममा ABC टेलिभिजनका डिपुटी डाईरेक्टर तथा बरिष्ठ पत्रकार  किरण मरहट्ठा बिशेष अतिथीको रुपमा उपस्थित हुदा सबैले तालीले स्वागत   गरका थिए सबैले सौहार्द पुर्बक शुभकामना मन्तब्य दिएको उक्त कार्येक्रममा जनसम्पर्क समिति स्पेनका अध्यक्ष शालिकराम डुम्रेले आयोजक कार्यसमितीका अहोरात्र खट्ने साथीहरु आर्थिक तथा हल, ब्याच, प्रमाणपत्र, ब्यानर तथा पानी प्रायोजन गर्ने साथीहरु कलाकारहरु, पत्रकारहरु तथा अन्य हरेक क्षेत्र बाट सहयोग गर्न साथीहरुलाई धन्यबाद ज्ञापन गर्दै कार्येक्रम समापन गरेका थिए।

समापनका क्रममा उनले थपे नेपाल र नेपालीको हितका लागी आईपर्ने जस्तो सुकै समस्या समाधान गर्न आफु र आफ्नो कार्यसमिती सम्पर्क कार्यलय स्थापना गरेर, दुताबासको पहलमा नेपाल पुगेर, अन्तरक्रिया तथा आजको जस्तै सास्क्रितीक कार्यक्रममा जुटेर होस् साथै अन्य धेरै प्रसंगमा हामी लागेका छौ लागीरहने छौं।  
गिता कंडेल र केशरी श्रेष्ठ नेम्कुल सम्मानित – औपचारिक कार्यक्रमकै अबसरमा अध्यक्ष शालिकराम  डुम्रेले खादा तथा प्रमुख अतिथि एकराज गिरिले सम्मान पत्र प्रदान गर्दै नेपालको चितवन स्थाई घर भै  बार्सिलोना स्पेनमा बसी आउनु भएकी गीता कंडेल उहा र उहाको परिबारको जनसम्पर्क समितको

स्थापनाकाल देखि अमुल्य योगदान दिदै आउनु भएको साथै साझा सामाजिक क्षेत्रमा समेत जन सम्पर्क समितको को तर्फबाट प्रतिनिधीत्व  गर्दै समितिको नाम समेत उच्च राख्न सफल हुनु भएको भन्दै बृहत कार्येक्रम बिच समितीले  सम्मान गरेको छ।

तेस्तै नेपाल काठमाण्डौ  जन्म लिई एस एल सी  प्रथम श्रेणीमा पास गरी मास्टर डिग्री सम्म हासिल गरा सक्नु भएकी नेपाल मै करिब ६ वर्ष शिक्षण पेसाको अनुभव प्राप्त गरी गरिब तथा कम्जोर बिद्यार्थीहरुलाई बिहान बेलुकी निशुल्क ट्युसन कक्षा  संचालन पश्चात स्पेनको बार्सिलोनामा नेपाली पाठशाला नामक नेपाली भाषा तथा संस्कृतिक स्कुल संचालन गर्दै आउनु भएकी केशरी श्रेष्ठ नेम्कुल्लको उक्त क्षेत्र प्रति योगदानको उच्च कदर गर्दै समारोहमा सम्मान पत्र र खादा पहिनाएर  उपस्थित सबैले उठेर ताली बजाउदै सम्मान गरिएको थियो।

उक्त पाठशाला २०१४ जनवरीको सुरुवात देखि नै संचालित हुदै सरला सापकोटा, निता अधिकारी, बिष्णु जमुना, सन्तोषी, संजु लगायतको उच्च सहयोग र सल्लाह मा संचालन  हुदै आईरहेको र थप पुर्बाघार तयार गर्न र अझ ब्यबस्थित  गर्न लागि परेको श्रेष्ठले बताउनु भयो सौहार्द पुर्बक सम्पन्न उक्त कार्येक्रममा सबैले नयॉ वर्ष हर्सोल्लासका साथ मनाएका थिए भने प्रयाप्त मनोरन्जन दिन पनि कार्येक्रम सफल रहेको हलको माहोलले आभाष दिएको थियो । झैँ झगडा र बादबिबाद सधै जस्तो यो कार्येक्रम मा पनि कसैले सुन्न परेन।

दर्शकहरु खुलेरै कार्यक्रम स्थलमा नॉचे गाए सबै रमॉए सबै नेपालीहरुकोहरुको भेटघाट हुने अवसर सस्क्रितीक कार्येक्रमले दिएको मनोरंजन खुशियालीका साथ नया बर्ष शुभकामना एकआपसमा आदान प्रदान गरिएको माहोलमा सबै मस्त देखिन्थे। सधैजसो अनियन्त्रित  बच्चाहरु स्टेजमै आउनाले संस्कृतिक माहोललाई थोरै खल्लो बनाई दियो।

बच्चाहरुको ब्यबस्थापन किन हुन सकेन ? भन्ने प्रश्नमा बिगतमा बच्चाहरु लिफ्टमा समेत एक्लै छोडिएको भेटिएकोले कार्यक्रममा खानपिनको ब्यबस्था गर्न हल प्रशासनले बन्द गरेको तथा आगामी दिनमा यस्तै हेलचक्राई हुदै गएमा नेपालीहरुको लागी हल नदिन सक्ने सम्भावना भएको कार्यक्रम संचालनको क्रममा सन्तोष श्रेष्ठले ध्याकर्षण गराएका थिए । नेपाली जनसम्पर्क समिती स्पेनको आयोजनामा बिष्णु रिजालको संयोजकत्वमा डायमण्ड सापकोटा, शुभाष बिष्ट, ईन्द शर्मा, उमेश अधिकारी  लगायतको तयारी समिती बनाउदै कार्यक्रम सम्पन्न गरिएको थियो।

Previous articleएमाओवादीको जनमत ओरालोतिर
Next articleलडाकू व्यवस्थापन र द्वन्द्व पीडितलाई राहतमा ४० अर्ब खर्च

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here