भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म रू १३ अर्ब भन्दा बढी नगद जम्मा भइसकेको छ ।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जारी गरेको विवरण अनुसार कोषमा हालसम्म कूल रू १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ नदग जम्मा भएको जनाइएको छ ।
गत भाद्र १० गते भोटेकोशीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्लामा ठूलो संख्यामा जनधनको क्षति भएको थियो । उक्त बाढीले रसुवा र नुवाकोटका टिमुरे, स्याफ्रुबेशी, वेत्रावती, भैँसे, त्रिशुली, ढुँगे, देविघाट तथा गल्छी, बैरेनी लगायतका स्थानहरूका बस्ती नै बगाउनुका साथै ठूलो परिणामा जनधनको क्षति पुर्याएको हो ।




