जुरीख। गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको आयोजनामा नेपाली नयाँ वर्ष २०८३ को अवसरमा गत शनिबार जुरीखमा सांस्कृतिक कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाएको छ। कार्यक्रममा स्विट्जरल्याण्डमा बसोबास गर्ने नेपाली समुदायसँगै विदेशी अतिथिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो, जसले कार्यक्रमलाई अझ आकर्षक र रमणीय बनाएको थियो।

नयाँ वर्षको अवसरमा आयोजित उक्त कार्यक्रममा विविध सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिएको थियो। कार्यक्रममा Suvash & The Family Band, Sangam Band Paris तथा The Rusttz Band ले उत्कृष्ट सांगीतिक प्रस्तुति दिएका थिए। उनीहरूले नेपाली तथा अंग्रेजी गीतहरू प्रस्तुत गर्दै दर्शकहरूलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए। ब्यान्डहरूको ऊर्जाशील प्रस्तुति र दर्शकहरूको साथले कार्यक्रम हल निकै उत्साह पूर्ण बनेको थियो।

त्यसैगरी, एन्जेला लासाहनले प्रस्तुत गरेको आकर्षक नृत्यले कार्यक्रममा थप रौनक थपेको थियो।

गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डका युवा संयोजक आशिष परियारले कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरे।

कार्यक्रममा सहभागीहरूका लागि विशेष परिकारको रूपमा नेपाली स्वाद झल्काउने मःमः र चटपटे व्यवस्था गरिएको थियो, जसले सबैको ध्यान आकर्षित गरेको थियो।

कार्यक्रमको सञ्चालन ल्हाजेन भोटेले कुशलतापूर्वक गरेकी थिइन्। उनको स्पष्ट प्रस्तुति र समन्वय क्षमताले कार्यक्रमलाई अझ व्यवस्थित र आकर्षक बनाएको थियो।

कार्यक्रमको अन्त्यमा गैर आवासीय नेपाली संघ, स्विट्जरल्याण्डकी आईसीसी सदस्य शुभ एल्मर लामाले उपस्थित कलाकारहरूलाई खादाले सम्मान गर्दै धन्यवाद ज्ञापन गरेकी थिइन्। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण कलाकार, आयोजक, स्वयंसेवक तथा सहभागीहरूलाई विशेष धन्यवाद व्यक्त गरिन्।

Previous articleमाननीय गृहमन्त्री सुधन गुरूङद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा निर्देशन
Next articleरोटरी क्लब डिल्लिबजारद्वारा ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य सचेतना कार्यक्रम आयाेजना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here