जेनजी अगुवा मिराज ढुंगाना र माओवादी नेता नेत्रविक्रम चन्द विप्लव बीच ४ बुँदे सहमति भएको छ ।
पछिल्लो समय जेनजीहरूका अगुवाको रूपमा नेतृत्व गर्दै चरणवद्ध आन्दोलन गर्दै आइरहेका मिराज ढुंगानाले नेतृत्व गरेको जेनजी समूह र माओवादी नेता विप्लव बीच कार्यगत एकता गर्ने सहमति पत्रमा बिहिबार हस्ताक्षर भएको हो ।
दुइ पक्षबीच भएको सहमति अनुसार सर्वपक्षीय सहमतिका आधारमा अन्तरिम सरकार गठनका लागि संघर्ष जारी राख्ने, भाद्र महिनामा भएको जेनजी विद्रोहका मागहरू पूरा गर्न संघर्ष गर्ने, जनचाहना बमोजिम वर्तमान संविधान संशोधन र स्थिर सरकार गठन गर्नु पर्ने र भ्रष्टाचार विरूद्ध विशेष न्यायिक निकाय गठनका साथै राज्यको अग्रगामी पुनर्संरचनाका लागि संघर्ष गर्ने रहेको छ ।

Previous articleदयाहाङ राईकाे मुख्य भूमिका रहेको‘मिरमिरे’ प्रदर्शनमा
Next articleकाठमाडौं सपना बोकेको सिनेमा ‘गोबर गणेश’ आजबाट प्रदर्शनमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here