नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा चयन भएका छन् ।
काठमाडौँमा जारी नेपाली काँग्रेसको दोश्रो विशेष महाधिवेशनको बन्द सत्रको हलले थापालाई सर्वसम्मत सभापति चयन गरेको हो । काँग्रेसका महाधिवेशन प्रतिनिधि मध्ये ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरी बोलाइएको विशेष महाधिवेशनले सभापतिमा थापा सहित सिंगो कार्य समिति चयन गरेको छ ।
थापा सभापति चयन हुनु केही घण्टा अगावै नेपाली काँग्रेस कै शेरबहादुर देउवा सभापति रहेको केन्द्रीय समितिको बैठकले विशेष महाधिवेशन अवैधानिक भन्दै महामन्त्री द्वय गगन कुमार थापा र विश्व प्रकाश शर्माका साथै सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि कारबाही गरेको निर्णय गरेको थियो । तथापि उक्त कारबाहीलाई विशेष महाधिवेशनको बन्दसत्रको हलले खारेज गरेको घोषणा गरेको छ । यो सँगै अब नेपाली काँग्रेस दुई टुक्रा भएको छ ।
विशेष महाधिवेशनले महामन्त्रीमा प्रदिप पौडेल र गुरुराज घिमिरेलाई चयन गरेको छ भने उपसभापतिमा विश्व प्रकाश शर्मा र पुष्पा भुषाल चयन भएका छन् । त्यसैगरी विशेष महाधिवेशनले सहमहामन्त्रीतर्फ महिलामा डिला संग्रौला, दलित तर्फ प्रकाश रसाइली, आदिवासी तर्फ बहादुरसिंह लामा, खस आर्य तर्फ उदय शम्शेर जबरा, मधेशी तर्फ मुक्ता कुमारी यादव, मुस्लिम तर्फ फरमुल्लाह मन्सुर, थारु तर्फ योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्णबहादुर बुढालाई चयन गरेको छ ।

congress name list

Previous articleरोटरी क्लब डिल्लिबजारकाे छैटौँ रक्तदान कार्यक्रम सम्पन्न
Next articleदयाहाङ राईकाे मुख्य भूमिका रहेको‘मिरमिरे’ प्रदर्शनमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here