काभ्रेमा जिल्ला कै पहिलाे आईरन बक्सिङ क्लबकाे उद्घाटन भएकाे छ ।
अन्तर्राष्ट्रिय स्तरमा चर्चित बक्सिङ खेलाडी तथा ASBC U-22 कास्य पदक विजेता विजय बाटाको पहलमा स्थापना भएको काभ्रे जिल्ला कै पहिलाे उक्त बक्सिङ क्लबकाे उद्घाटन नेपाल बक्सिङ महासंघ (NBF) का अध्यक्ष राम अवालेले गर्नुभएको हाे।
उद्घाटन समारोहमा उद्योग वाणिज्य महासंघका उपाध्यक्ष, काभ्रे जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मानविर वाईवा, महासंघका महासचिव मान बहादुर भण्डारी, महासंघका सचिव तथा नेपालको पहिलो ITO पुष्कर राज पन्त, कोषाध्यक्ष गौतम सुजखु, साथै नेपालकै पहिलो अन्तर्राष्ट्रिय थ्री-स्टार रेफ्री/जज धनकुमार मैनाली (अभिलाष) बनेपा ब्वाइज क्लव का अध्यक्ष महेश कर्मचार्य, होटल व्यावसायि महासंघ नेपालका केन्द्रिय कोषाध्यक्ष कृष्ण कुमार श्रेष्ठ ,होटत तथा पर्यटन व्यवसायि संघ बाग्मति प्रदेशका वरिष्ठ उपाध्यक्ष श्याम कुमार भालु( मुनाल), पत्रकार महासंघ काभ्रेका पदाधिकारी, लगायत उद्योगी, व्यवसायी तथा बक्सिङ खेलप्रेमी महानुभावहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
उक्त अवसरमा क्लबका संरक्षक तथा काभ्रे जिल्ला बक्सिङ संघका सचिव हरि बाटाज्यू र सम्पूर्ण परिवारलाई हार्दिक बधाई ज्ञापन गर्दै, आईरन बक्सिङ क्लबले भविष्यमा जिल्लामा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि उत्कृष्ट खेलाडी उत्पादन गर्ने विश्वास व्यक्त गरिएको छ।



