काठमाडौ, ११ चैत । सरकारविरुद्ध आन्दोलन गरिरहेको विपक्षी दलले आजदेखि आन्दोलन सुरु गर्ने भएका छन्।
सहमतिका आधारमा संविधान बनाउनुपर्ने भन्दै एमाओवादी नेतृत्वको विपक्षी मोर्चाले आन्दोलन गरिरहेका छन् । ३० दलीय मोर्चाले आजदेखि नै प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरूलाई सार्वजनिक स्थानमा कालो झन्डा प्रदर्शन गर्ने भएका छन्।
त्यस्तै बहिष्कार एवम् अवरोध गर्ने कार्यक्रम पनि रहेको मोर्चामा आवद्ध दलहरुले जनाएको छ । चैतको २३ गतेपछि गर्ने भनिएको आन्दोलनको तयारीका सिलसिलामा आजदेखि सांकेतिक आन्दोलन गर्न लागेको मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिनुभयो।

Previous articleसंविधानसभाको अर्को बैठक बोलाउन सभाध्यक्ष छलफल गर्दै
Next articleकाठमाडौं बन्यो विश्वको १९औं उत्कृष्ट पर्यटकीय गन्तव्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here