जुरीख, जुरीख नेपाली स्पोर्टस क्लबको आयोजनामा तिहार कार्यक्रम हुने भएको छ। यही आउँदो १८ नोभेम्बर शनिवारको दिन जुरीखको Zürcher Gemeinschaftszentren GZ Heuried मा जुरीख नेपाली स्पोर्टस क्लबले पहिलो पटक तिहार कार्यक्रम आयोजना गरेको हो।

तिहार कार्यक्रम लाई रमाइलो बनाउन देउसी भैलो र स्थानीय कलाकारहरूको प्रस्तुति रहने आयोजकले जानकारी गराएको छ।

जुरीख शहरको Zürcher Gemeinschaftszentren GZ Heuried मा हुने तिहार कार्यक्रम दिउसो ०३:०० बजे देखि अपेरो सुरु हुने र उक्त कार्यक्रमको प्रवेश शूल्क २५ स्वीस फ्रान्क रहेको छ।

तिहार देउसी भैलो कार्यक्रममा सहभागी भई भव्यताको साथ सफल पार्न जुरीख नेपाली स्पोर्टस क्लबले अनुरोध गरेको छ।

Previous articleएनआरएनए स्विट्जरल्याण्डद्वारा भूकम्प पीडितहरूका लागि आर्थिक सहयोग संकलन
Next articleजुरीखको सिबाखमा देउसी भैलो (फोटोफिचर)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here