आराउ। स्विट्जरल्याण्डमा रहेका नेपाली दिदीबहिनीहरूले एक कार्यक्रमका बीच तीज मनाएका छन्। गैर आवासीय नेपाली संघ महिला फोरम स्विट्जरल्याण्डको आयोजनामा आराउ कान्टोनको स्टाउफेनमा शनिवार तीज विशेष कार्यक्रम सम्पन्न भएको हो। एनआरएनए स्विट्जरल्याण्डको मातहतमा सम्पन्न कार्यक्रममा चर्चित गायिका मल्लिका कार्की,पार्वती जी.सी र तुलसा क्षेत्रीको जोडदार प्रस्तुति रहेको थियो।

कार्यक्रममा दिदीबहिनीहरु रातै राता पहिरनमा सजिएर गीत संगीतमा रमाउँदै तीज मनाए। सहभागीहरूले धित मर्ने गरि कम्मर मर्काउँदै हर्षोउल्लासका साथ हरितालिका तीज मनाएका हुन्। कार्यक्रमको संयोजन महिला फोरमकी संयोजक चम्पा ज्ञवालीले गरेकी थिइन्।

कार्यक्रममा प्रस्तावित आईसीसी सदस्य शुभ एल्मर लामा, आईसीसी सदस्य सिमा गौतम, एनआरएन अष्ट्रियाकी निवर्तमान अध्यक्ष भवानी तिवारी, एनआरएनए स्विट्जरल्याण्डका अध्यक्ष कृष्ण शिवाकोटी लगायतको उपस्थिति रहेको थियो। तीजको अवसरमा सहभागीहरूलाई आयोजकले दरको समेत व्यवस्था गरेको थियो।

बासेलमा पनि तीज मनाइयो

यसै बीच बासेल नेपाली समाजको आयोजनामा स्विट्जरल्याण्डको अर्को क्यान्टोन बासेलमा पनि सेप्टेम्बर ९ मा तीज मनाइएको छ। बासेल सहरमा बस्ने दिदिबहिनिहरुको बाक्लो उपस्थितिमा तीज कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा स्थानीय कलाकारहरूले तीज विशेष सांगीतिक प्रस्तुति राखेका थिए। आयोजकले कार्यक्रममा प्रवेश निःशुल्क राखेको थियो।

 

Previous articleस्विट्जरल्याण्डबाट सुन्दासको ‘मन’ सार्वजनिक
Next articleएनआरएनए स्विट्जरल्याण्डद्वारा भूकम्प पीडितहरूका लागि आर्थिक सहयोग संकलन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here