जुरीख। जुरीख नेपाली परिवारको आयोजनामा यही १४ जनवरी २०२३ शनिवारको दिन जुरीखमा माघे संक्रान्ति कार्यक्रम हुने भएको छ।

Zürcher Gemeinschaftszentren GZ Heuried, Döltschiweg 130, 8055 Zürich मा हुने माघे संक्रान्ति कार्यक्रममा युरोपबाट नेपाली दोहोरी कलाकारको उपस्थितिमा नाचगानको समेत आयोजना गरेको आयोजक मध्यका एक दिर्घ श्रीस मगर (मामा) ले जानकारी गराए।

उक्त दिनको १४:०० बजेबाट आपेरो बाट सुरु हुने माघे संक्रान्ति कार्यक्रममा यो पर्वमा खाने परिकारको खाना व्यवस्था गरिएको र कार्यक्रम रातीको १२:०० बजे समाप्त हुने आयोजकले जानकारी गराएको छ।  

“स्विजरल्याण्डमा बस्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरू लाइ मध्यनजर गर्दै हाम्रो चाडपर्व मध्य एक महत्त्वपूर्ण चाड माघी पनि भएकोले सम्पूर्ण स्वीसबासी दाजुभाइ तथा दिदीबहिनीहरु लाइ जुरीख परिवारले हृदय देखिनै आमन्त्रण गर्न गैरहेको कुरा जानकारी गराउन चाहन्छौ।” भन्दै जुरीख नेपाली परिवारले निमन्त्रणा गरेको छ।

माघे संक्रान्ति

माघे संक्रान्ति भनेको जाडो याममा मनाइने पर्व हो, जसले जाडो यामको एक निश्चित परिवर्तनलाई संकेत गर्छ । ज्योतिष विज्ञानको मान्यता छ, यो दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्छ ।

माघ महिनाको पहिलो दिन यो पर्व मनाइन्छ, जसको अनेक नाम छन् । जस्तो माघे संक्रान्ति, मकर संक्रान्ति, माघी । यस दिन तरुल, सखरखण्ड, पिँडालु, घिउ, चाकु, तिलको लड्डु, खिचडी आदि खाइन्छ । सखरखण्ड, पिँडालु उसिनेर खाने चलन छ।

बाकी जानकारीको लागी निम्न फोनमा सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ।

दल पुन 0782053764 गीता पुन 0782088856 श्रीस मामा 0767782534 राम महतो 0765865456 शशी यादव 0764837738 तेन्पा दोर्जे 0786540342

Previous articleएनआरएनएए स्विट्जरल्याण्डको १४औ वार्षिक साधारण सभा सम्पन्न
Next articleमाघे संक्रान्ति कार्यक्रम संगीतमय हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here