जुरीख। गैर आवासीय नेपाली संघ, महिला फोरम स्विट्जरल्याण्डको आयोजनामा हरितालिका तीज जुरीखमा हुने भएको छ।
महिलाहरुको महान पर्व तीजका अवसरमा हरेक वर्ष झैँ यो वर्ष पनि महिला फोरम र एनआरएनए स्विट्जरल्याण्डले संयुक्त रुपमा हरितालिका तीज कार्यक्रमको आयोजना गरेको हो। प्रवासी भूमिमा मनाइने उक्त तीज कार्यक्रमलाई आकर्षक एवं सफल बनाउन यस पटक नेपालबाट चर्चित गायिका रिता के. सी. कार्यक्रममा आफ्नो प्रस्तुति पस्कन आउने कार्यक्रम तय भएको छ।
आगामी २७ अगष्ट २०२२ शनिवारको दिन जुरीखको सिबाखमा हुने तीज कार्यक्रम मनोरञ्जनात्मक हुने आयोजकले बताएका छन् ।

संघले दिएको जानकारी अनुसार उक्त दिन दिनको ठीक १४.०० बजेबाट तीज कार्यक्रम सुरु गरिने कार्यक्रम तय भएको छ । त्यसैगरी कार्यक्रम आयोजक महिला फोरमले स्विट्जरल्याण्डमा रहेका सम्पूर्ण नेपाली संघ संस्थाहरु तथा अन्य नेपालीहरु समेतलाई कार्यक्रममा उपस्थित भई सो कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गराउन सहयोग गरिदिनका लागि आग्रह समेत गरको छ।

कार्यक्रम तालिकाः

Previous articleतनहुँका पृथ्वी भण्डारीको स्विट्जरल्याण्डमै अत्येष्टि
Next articleस्विट्जरल्याण्डमा तीज मनाईयो (फोटोफिचर सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here