पोखरा-सिङ्गि रियालिटी शो वाई वाई नेपाल स्टार सिजन १ की उपाधिका दावेदार पोखरेली चेली एलिना गुरुङ फाइनलमा प्रवेश गरेकीछिन।
डेञ्जर जोनमा कहिल्यै नपरेकी उनीे शनिवार राती प्रसारित कार्यक्रमसँग फाइनमा प्रवेश गरेकी हुन। एक्ली महिला फाइनल प्रतिष्पर्धी गुरुङले फाइनल प्रवेशका लागि मदन सिंह नेपाली र सुक्मित गुरुङको स्वरमा रहेको “रेलिमै रेलिमै रेलिमै लाहुरे दाईको रेलिमै”बोलको गीत दमदार प्रस्तुति गरेकी थिइन्।
नेपाल स्टार सिजन १ मा टप ५ बाट ४ अर्थात फाइनलमा पोखरेली चेली एलिना गुरुङसँगै काठमाडौका सुरेस लामा, ताप्लेजुङका लक्ष्मण लिम्बु, सुनसरीका सन्देश बोमजन लामा प्रवेश गरे भने पोखरा कै अमिन परियारको नेपाल स्टार सिजन १ को यात्रा टुङ्गिएको छ।
पोखरेली चेली एलिनालाई उपाधि दिलाउन सहयोगार्थ एवम प्रचारार्थ एलिना गुरुङ जिताऔं समितिले माघ ६ गते मंगलबार अपरान्ह ३ बजे पोखरा १२ माटेपानीस्थित केसी क्याटरिङ पार्टी प्यालेसमा कन्सर्ट आयोजना गरेको समितिकी सचिव रोशनी गुरुङले जानकारी दिइन्।
गीत संगीतमै समर्पण हुने, गीत संगीत क्षेत्रबाट समाज, मुलुकलाई योगदान दिने अठोटसहित नेपाल स्टारमा सहभागी हुदै फाइनल प्रवेश गराउन साथ, सहयोग र अभियान संचालन गर्ने सम्पुर्णलाई धन्यवाद एवम आभार व्यक्त गरेकीछिन्।उपाधि दिलाउन आफुलाई सक्दो भोट गरिदिन एलिना गुरुङले सम्पुर्णलाई पुनःआग्रह गरेकी छिन्। एलिनालाई उपाधिका लागि NS30 टाइप गरी 33001 नम्बरमा म्यासेज पठाएर र नेपाल टेलिभिजनको एप डाउनलोड गरी निशुल्क र सशुल्क भोट गर्न सकिने सहयोग समितिले अनुरोध गरेको छ।

Previous articleतत्कालीन प्रम कोइरालालाई जस्तो विघटन अधिकार वर्तमान प्रमलाई नभएको जिकिर
Next articleभारत सरकारले दियो नेपाललाई कोभिड–१९ विरुद्धको १० लाख मात्राको खोप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here