काठमाण्डौ – नेपालमा विहीबार थप ५ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।२४ घण्टामा ६००० पीसीआर परीक्षण भएको छ भने हालसम्म १९ लाख ३२ हजार ४७७ पीसीआर परीक्षण भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५ सय ९३ पुगेको हो । ५ हजार जनामा गरिएको कोरोना परीक्षणमा ५ सय ३४ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट निको हुनेको संख्या ४ सय ४७ पुगेको छ । योसँगै निको हुनेको कूल संख्या २ लाख ५२ हजार ३ सय ५९ पुगेको मन्त्रालयले जनाएको छ । कोरोनाबाट ९ जनाको मृत्यु भएको छ । हालसम्म १ हजार ८ सय ५६ जनाको मृत्यु भएको हो ।

Previous articleन्यूजील्यान्डसँग पाकिस्तान १०१ रनले पराजित
Next articleजनाधिकारको रक्षा नै मेलमिलाप नीतिको लक्ष्य : सभापति देउवा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here