काठमाण्डौ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले संसदीय दलका नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आज बसेको सो पक्षका पूर्वसांसद् र सांसदको बैठकले केपी शर्मा ओलीलाई दलको नेताबाट हटाएर दाहाललाई चयन गरेको सांसद देवप्रसाद गुरुङले जानकारी दिनुभयो ।

बैठकमा अर्का पार्टी अध्यक्ष माधवकुमार नेपालले मङ्गलबार बसेको केन्द्रीय कमिटीको बैठकले गरेको निर्णयका बारेमा पूर्वसांसद र सांसदलाई जानकारी गराउनुभएको थियो । केन्द्रीय कमिटीको मङ्गलबारको बैठकले ओलीलाई पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गरी नेता नेपाललाई सर्वसम्मतिले चयन गरेको थियो । बैठकमा राष्ट्रियसभा र विघटित प्रतिनिधिसभाका ११५ जना सदस्यको उपस्थिति रहेको गुरुङले जानकारी दिनुभयो ।

Previous articleप्रचण्ड-नेपाल पक्षले अध्यक्षबाट हटायो ओलीलाई, नेपाल बने नयाँ अध्यक्ष
Next article कानून कार्यान्वयनमा न्यायालय सक्षम र चनाखो हुनुपर्छ : प्रधानमन्त्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here